समय : ०८:४३ am | शनिबार , श्रावण १२ गते २०८१

नयाँ स्वादको गन्तव्य “द हाइजेनिक हब” जस्पुरमा संचालन

स्वर्गद्वारी अपडेट | कार्तिक ११ गते २०८०

प्युठान। कोदोको ढिँडो।लोकल भालेको मासु साथमा फापरको रोटी,लोकल घ्यु र मही पनि यस्तै यस्तै खानाका परिकार।बजारमा बाहिरबाट आयातित वस्तुले बर्चश्व जमाईरहेका बेला रैथाने खानाको प्रवद्र्धनका लागि प्युठानको माण्डवी गाउँपालिकामा-३ जस्पुरमा शनिबार देखी "द हाईजेनिक हब" संचालन भएको छ।

रैथाने खानाको महत्व बुझाउन सके र बानी पार्न सके स्थानीय उत्पादनको बजारीकरण पनि हुने होटल संचालक कृष्ण बसेलले बताए।उनले भने –"द हईजेनिक हबमा समेत रैथाने खानाको रुपमा कोदोको रोटी , लोकल माछा,लोकल खसीको मासुको परिकार तथा ग्राहकको स्वाद अनुसार उपलब्ध गराउने संचालक बसेल बताउछन।"समय परिवेशले गर्दा धेरैले स्थानीयस्तरमा पाइने कोदो, मकैको ढिडो खान बिर्सिसकेको अवस्था छ,टिपिकल नेपाली स्वादको परिकार अब द हाईजेनिक हबले सेवा दिने बसेलको भनाई रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page