समय : ०८:२८ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा डेंगु रोगको संक्रमण एक सय उनान्तीस पुग्यो

स्वर्गद्वारी अपडेट | कार्तिक १० गते २०८०

प्युठान।प्युठानमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको जोखिम कायमै छ।

स्वास्थ्य कार्यालय प्युठानका अनुसार मंगलबार सम्म जिल्लाका ९ स्थानीय पालिकामा अहिलेसम्म ११९  र गुल्मी र रोल्पा १० गरि जम्मा १२९ डेंगुका बिरामी छन्।जिल्लाको सबैभन्दा बढी माण्डवी गाउँपालिका र सबै भन्दा कम गौमुखी गाउँपालिका रहेको स्वास्थ्य कार्यालय प्यूठानले  जनाएको छ ।

प्यूठान जिल्लाको सबै स्थानीय तहहरु सँग समन्वय गरी  डेंगु जाँचका लागि प्रयोगशाला भएका स्वास्थ्य शाखाहरुमा डेंगु किट वितरण गरेको स्वास्थ्य कार्यालय प्युठानले बताएको छ।घर, अफिस तथा समुदायका अन्य स्थानमा लामखुट्टे लार्भा उत्पादन गर्न सक्ने सम्भावित स्थान पहिचान गरी डेंगु रोग गराउने लामखुट्टेका लार्भा खाज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्न जिल्लाका सबै स्थानीय तहहरुलाई  स्वास्थ्य कार्यालय प्युठानले आग्रह गरेको बताएको छ।  

एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट हुने यो रोग लाग्दा ज्वरो आउने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, टाउको, पेट, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने जस्ता लक्षण देखापर्दछ। 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page