समय : १०:०६ am | शनिबार , श्रावण १२ गते २०८१

प्यूठानमा म्याद नाघेका पेय पदार्थ नस्ट

स्वर्गद्वारी अपडेट | असाेज ३० गते २०८०

प्यूठान।नेपालीका महान चाडहरु नजिकिदैँ गर्दा  अनुगमनको कार्यलाई विशेष प्राथमिकता दिएको  छ।

चाड पर्वको समयमा खाद्यन्नलगायत मिठाइ, मासुजन्य समानहरुको अधिक माग हुने भएकोले मिसावट तथा कम गुणस्तरीय सामाग्रिको व्यापक प्रयोग हुन सक्ने सम्भावना अधिक हुने गर्छ । त्यसलाई रोकी आम उपभोक्तालाई स्वस्थ्य गुणस्तरीय र सहुलीयत मुल्यमै उपभोक्तालाई दैनिक उपभोग्य बस्तुहरुको उपभोग गर्न पाउने गरी बजार अनुगमन भएको छ।

प्यूठानको मुख्य बजार ईलाका प्यूठान नगरपालिका वडा नं-८ बाग्दुलास्थित सृजना अडर एण्ड सप्लार्यसको गोदाममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय उद्योग अधिकृत सरोज भण्डारी र ईलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारी नेतृत्वमा छापा मारी २ लाख २० हजार ६ सय ४१ रुपैयाको कोल्डडिङ्क्स बरामत गरिएको साना उधोग कार्यालयका सूचना अधिकारी चम्पक श्रेष्ठले स्वर्गद्वारी अपडेटलाई जानकारी बताएका छन् ।

छापा मार्दा गोदामबाट ईनर्जि ड्रिङ्क २ सय ५० मिलिलिटरका १ सय २१ कार्टुन,पेप्सि 1 लिटरको ३३ कार्टुन,मेरिन्डा 1 लिटरको २६ कार्टुन, मेरिन्डा आधालिटरको ५ कार्टुन, सोडा आधा लिटर, सेभेनअप ११ कार्टुन गरी २ लाख २० हजार ६ सय ४१ रुपैयाको पेय पदार्थ बरामत गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो।

अनुगमनको क्रममा साना ब्यापारीको पसलमा म्याद सकिएका सामानहरु भेटिएपछि मुख्य गोदाममा छापा मारिएको सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले बताए।बरामत गरिएका पेय प्रदार्थ प्युठान नगरपालिकाको ट्रकमा राखी नगरपालिकाको ड्याप्पिङ साइडमा नष्ट गरिएको प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page