समय : ०९:५० am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा डेंगु रोगको जोखिम कायमै, बयानब्बे बिरामी

राधिका भुषाल | असाेज १६ गते २०८०

असोज १६ प्युठान।प्युठानमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको जोखिम कायमै छ।स्वास्थ्य कार्यालय प्युठानका अनुसार मंगलबार सम्म जिल्लाका ९ स्थानीय पालिकामा अहिलेसम्म ९२ डेंगुका बिरामी छन्।

स्वास्थ्य कार्यालय प्यूठानले जिल्लाको सबै स्थानीय तहहरु सँग समन्वय गरी  डेंगु जाँचका लागि प्रयोगशाला भएका स्वास्थ्य शाखाहरुमा डेंगु किट वितरण गरेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताए।उनले भने–"विशेष गरी बजार क्षेत्रमा डेंगु फैलने हुँदा बजार क्षेत्र  अनुगमन तथा पानी जमेको ठाउँमा डिजेल तथा मट्टीतेलको प्रयोग,जिल्ला अस्पताल सँग समन्वय र बिद्यालयहरुमा डेंगु रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै आएका छौ।" डेंगु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान पनि जारी राखेको जनस्वास्थ्य अधिकृत पाण्डेले बताए ।  

घर, अफिस तथा समुदायका अन्य स्थानमा लामखुट्टे लार्भा उत्पादन गर्न सक्ने सम्भावित स्थान पहिचान गरी डेंगु रोग गराउने लामखुट्टेका लार्भा खाज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्न जिल्लाका सबै स्थानीय तहहरुलाई  स्वास्थ्य कार्यालय प्युठानले आग्रह गरेको बताएको छ।  

उनका अनुसार उक्त सङ्क्रमण नियन्त्रणका लागि टोलटोलमा डेंगुबाट बच्ने सन्देशसहित माइकिङ गर्ने, प्रचारप्रसार गर्ने, जहाँ धेरै मात्रामा डेंगु सङ्क्रमण देखिएका छन् त्यहा स्थलगत अनुगमन गरेको जानकारी दिए।

स्वास्थ्य कार्यालयमा प्युठानले बिद्यालयमा डेंगु रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम पछिको तस्बिर

एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट हुने यो रोग लाग्दा ज्वरो आउने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, टाउको, पेट, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने जस्ता लक्षण देखापर्दछ। 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page