समय : ०८:२० am | शनिबार , श्रावण १२ गते २०८१

विषालु च्याउ खाएर विरामी परेकी बालिकाको मृत्यु

स्वर्गद्वारी अपडेट | श्रावण ३२ गते २०८०

दाङ । बङ्गलाचुलीमा विषालु च्याउ खाएर बिरामी परेकी एक बालिकाको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिका ४ की ११ वर्षीया अस्मिता सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । जङ्गलबाट ल्याएको च्याउ खाएर बिरामी परेकी उनको उपचारका क्रममा बुटवलमा ज्यान गएको हो । अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचारपछि मङ्गलवार बेलुकी थप उपचारका लागि बुटवल लगिएको थियो ।

यस्तै, च्याउ खाएर बिरामी परेकी उनकी आमा २७ वर्षीया ईश्वरी सुनारको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आईसीयूमा राखेर उपचार भइरहेको छ । उहाँका श्रीमान् अजय सुनारको पनि प्रतिष्ठानमै उपचार भइरहेको छ । मङ्गलवार जङ्गलमा भेटिएको च्याउ पकाएर खाँदा बङ्गलाचुली गाउँपालिका–४ मा एकै घरका तीन जना बिरामी परेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page