समय : ०९:४८ am | शनिबार , श्रावण १२ गते २०८१

माण्डवीमा डेंगु तथा स्क्रब टाइफस  रोग नियन्त्रण सचेतना कार्यक्रम सम्पन्न

स्वर्गद्वारी अपडेट | श्रावण २१ गते २०८०

साउन २१ गते।प्युठान माण्डवी गाउँपालिकाले डेंगु तथा स्क्रब टाइफस  रोग नियन्त्रणको लागि सचेतना कार्यक्रम आईतबार सम्पन्न भएको छ । सचेतना कार्यक्रममा डेङ्गु तथा स्क्रब टाइफस रोग नियन्त्रण तथा यसवाट वच्ने उपायका विषयमा छलफल भएको थियो ।

लामखुट्टेको वृत्ति विकास र यसको प्रसारण, भौगोलिक रुपमा बसाइसराई गर्दै गएर नयाँनयाँ ठाउँमा पुग्यो भने त्यो अझ जटिल अवस्था हुन सक्ने माण्डवी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ध्रुव कुमार पोख्रेलले बाताए ।"डेंगु संक्रमण भइहाले र लक्षण देखिहाले चिकित्सकको परामर्श लिनुपर्ने उनको भनाइ छ ।" उनले भने- "डेंगु संक्रमण भइहाले ज्वरो आउने, टाउको दुख्ने,आँखाको गेडी दुख्ने  जस्ता लक्षण देखिने उनले बताए । " डेंगु लागेपछि घरमा बसेर पनि आराम गर्न सकिन्छ।तर चिकित्सक वा अस्पतालमा सम्पर्क गरेपछि रगतको जाँच गर्नुपर्ने हुन्छ स्वास्थ्य शाखा प्रमुख पोख्रेलले बताए।

नेपालमा डेंगु देखापरेको सरकारले १९ वर्षपछि स्पष्ट वार्षिक कार्ययोजना बनाई लागू गरेको छ । सरकारले अहिलेसम्म डेंगु नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक हो । 

यसअघि सरकारले डेंगु रोकथामका लागि वार्षिक कार्यक्रम गर्दै आएको थियो।यस पटक डेंगु नियन्त्रणका लागि स्पष्ट वार्षिक कार्ययोजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ।कार्यक्रममा जिल्ला समन्यव समिती प्युठानका प्रमुख धरम बहादुर जीसीले ब्यानर पढेर उद्घाटन गरेका  थिए ।

कार्यक्रममा  बिभिन्न संघ सँस्थाको प्रमुख तथा प्रतिनिधिहरु, गाउँपालिका अन्तर्गत रहेका विद्यालयका प्रध्यानाध्यापकहरु , स्वास्थ्य संस्था प्रमुखहरु, उद्योग वाणिज्य संघ माण्डवी बजार इलाकाका प्रतिनिधि, होटल व्यवसायी संघ माण्डवी बजार इलाकाका प्रतिनिधि, नेपाल रेडक्रस, पत्रकार, कर्मचारीहरु लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page