समय : १२:५४ am | बिहिबार , माघ २३ गते २०८१

प्युठानमा मापसे चेकिङमा १२९ जना चालक नियन्त्रणमा

राधिका भुषाल | श्रावण १ गते २०८०

साउन १ गते प्युठान। प्रहरीले आफ्नो ज्यानका साथै विद्यार्थी एवं यात्रुको समेत जीउ ज्यानलाई जोखिममा पारेर मापसे (मादक पदार्थ सेवन)गरेर सवारीसाधान चलाउने चालकलाई कारबाही गरेको छ।

आर्थिक वर्ष २०७९/८० मा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय २९ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। प्युठानका विभिन्न स्थानमा जिल्ला ट्राफिक प्रहरीले गरेको चेकिङको क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चालकहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानका  प्रमुख चन्द्र केसीले बताए।

चालकहरूले लागुऔषध सेवन गरी सवारी साधन चलाए/नचलाएको सम्बन्धमा ब्रेथलाईजर  किटको प्रयोग गरी ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरू गरेको थियो।आर्थिक वर्ष २०७९/८० मा १ सय २९ जना मापसे सेवन गर्ने चालक नियन्त्रण,३३ वटा सवारी दुर्घटना,७७ जना सामान्य घाईते , ८ हजार ५० जना कारवाही , ४६ लाख ८२ हजार ५ सय राजश्व संकलन र २८ जना मृत्यु रहेको जिल्ला ट्राफिक कार्यालय प्युठानका प्रमुख केसीले बताए।उनि भन्छन –"आर्थिक वर्ष २०७९/८० मा जिल्लाका बिभिन्न ठाउँहरुमा यात्रु,बिद्यार्थी ,चालक ,सहचालक,सडक प्रयोगकर्ता,सर्वसाधारण पैदल यात्री र आम सरोकारवालाहरुलाई जनचेतनामूलक कार्यक्रम ५ सय ५८ पटक संचालन गरेको जिल्ला ट्राफिक प्रमुख केसीले स्वर्गद्वारी अपडेट लाई जानकारी दिए।"

ओराह्लो झर्दा ब्रेक तातिएर ब्रेक नलाग्ने समस्याको कारणले गर्दा स्वर्गद्वारी मन्दिरको आसपासका क्षेत्रहरुमा दुर्घटनामा हुने हुँदा दुर्घटना कम गर्नको लागी त्यस क्षेत्रहरुमा एक ठाउँमा यात्रु सवारीसाधन बिसौनी स्थल राखेका जिल्ला ट्राफिक कार्यालयले बताएको छ।

त्यस्तै  आर्थिक वर्ष ०७८/७९ मा भने २४ जना मृत्यु,८८ जना घाइते ,६ हजार ५० जना कारवाही ,राजस्वमा संकलन ३३ लाख ६३ हजार र जनचेतनामूलक कार्यक्रम २७५ पटक गरेको जिल्ला ट्राफिक कार्यालय प्युठानले बताएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्