असार २० प्युठान।स्वास्थ्य सेवामा पहुँच बढाउने र सामान्य उपचारका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता गाउँ मै टरेको छ।
सामान्य विरामी पर्दा समेत धेरै खर्च गरेर बुटवल र काठमाडौँ अस्पतालमा उपचार गराउनुपर्ने बाध्यताबाट आजित भएका बिरामीहरुलाई भने केहि राहत मिलेको छ।प्युठानको गौमुखी गाउँपालिका र सरुमारानी गाउँपालिकाले गाउँ मै एमबिबिएस डाक्टरद्वारा बिरामीहरुलाई सेवा दिइरहेको छ ।
गौमुखी बासीहरुको अहिले गाउँ मै एमबीबीएस डाक्टर सहितको सेवा पाएका ४ वर्ष पुरा भएको स्वास्थ्य प्रमुख हरि जैसीले बताए।उनले भने –"गाउँपालिकामा एमबिबिएस डाक्टरद्वारा बिरामीको चेक जाँच तथा उपचार सगँ ओ.पी.डी सेवा, २४ सै घण्टा इमर्जेन्सी सेवा, ल्याव,एक्सरे, ग्रामिण अल्ट्रासाउण्ड सहितको सेवा पूजा स्वास्थ्य चौकी बाट दिइरहेको स्वास्थ्य प्रमुख जैसीले बताए।"
त्यस्तै अर्को सरुमारानी गाउँपालिकाले स्वास्थ्य सेवामा पहुँच बढाउने र सामान्य उपचारका लागि गाउँ मै बिरामीहरुलाई चेक जाँच गर्ने उदेश्यले तिन महिना अघिबाट एमबिबिएस डाक्टरद्वारा सेवा दिइरहेको गाउँपालिका स्वास्थ्य प्रमुख टेकेन्द्र रायमाझीले बताए।"ल्याव सेवा,ओं.पी.डी सेवा,र इमर्जेन्सी अन्न्कल डेलिभरी सेवा दिइरहेका छौ।"उनि भन्छन-"ई.सी.जी मेसिन खरिद गरेको अब प्रयोगमा ल्याउने तयारीमा छौ छिट्टै संचालनमा ल्याउने बताए ।"बांगेशाल स्वास्थ्य चौकी बाट सेवा दिइरहेको स्वास्थ्य प्रमुख रायमाझीले स्वर्गद्वारी अपडेट लाई जानकारी गराए।
झिमरुक, नौबहिनी , मल्लरानी, माण्डवी, र ऐरावती गाउँपालिका, प्यूठान र स्वर्गद्वारी नगरपालिका हरुले अझै एमबीबीएस डाक्टर बाट सेवा दिन सकिरहेका छैनन्।