समय : ०५:५३ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठान घुम्न जाने सोचमा हुनुहुन्छ ? यी हुन् उचित गन्तब्य

स्वर्गद्वारी अपडेट | कार्तिक १३ गते २०८०

प्युठान।नौ स्थानीय तह रहेको प्यूठान जिल्ला पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला हो। भौगोलिक रुपमा सानो भए पनि पर्यटकीय सम्पदाले भरिएको छ । भौगोलिक विभिदता, प्राकृतिक सौन्दर्यता, ऐतिहासिक सम्पदाको दृष्टिले बेग्ला बेग्दै पहिचान बनाएका नौ वटै स्थानीय तहहरुले आफ्नो पालिका भित्र अवस्थित गन्तव्यहरुको प्रवद्र्धनका लागि कदम चल्न थालेका छन्।चाडबाडको  मौसम छ।भर्खरै दशैं सकियो।तिहार, छठ आउँदै छन्।यो बेला धेरै मानिसहरू पर्यटकीय गन्तव्यमा घुमघामका लागि निस्किएका छन्।कतिले घुम्ने योजना बनाउँदै छन्।देशका विभिन्न पर्यटकीय स्थलमा अहिले मानिसहरूको  घुइँचो लागेको छ।

यो मौसममा धेरैजसो मानिसहरु घुम्न निस्कने गर्छन । छुट्टीको समयमा घुम्न मन पराउनेहरूको चाहनालाई मध्येनजर गर्दै हामीले प्युठानका केही पर्यटकीय तथा धार्मिक स्थलहरूको बारेमा चर्चा गरेका छौं ।

सात धाम मध्ये एक धाम स्वर्गद्वारी

स्वर्गद्वारी प्युठान जिल्लाको जस्पुरबाट  करिब ३१ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। नेपालका प्राचीन मन्दिरहरूमध्ये यो एक धार्मिक तिर्थस्थल हो। स्वर्गद्वारीबाट धौलागीरी, नीलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमचुली, मनास्लु, चुरेन, पुथालगायतका हिमश्रृंखलाहरू देखिन्छन् । समुन्द्री सतहबाट २ हजार ४८ मिटरको उचाइमा रहेको छ स्वर्र्गद्घारी ।पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको द्वार भएर स्वर्ग गएको धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ । त्यसैले यो ठाउँलाई स्वर्गद्वारी भनिएको हो।यहाँ परापूर्व कालमा ऋषिहरू बसेर तपस्या गर्ने गरेको पाइन्छ।भगवान ब्रह्मा स्वयंले यहाँ तपस्या गरेको भन्ने जनश्रुति चलिआएको छ।स्वर्गद्वारीमा ऐतिहासिक अग्निखण्ड, गुफा, महादेव स्वर्ग गएको बाटो, यहाँ पालिएका गाई, महाप्रभुको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने विश्वास छ । यहि विशवासका साथ पर्यटनहरू त्यहाँ पुग्ने गर्छन । वैशाख पूर्णिमा, बुद्धजयन्ती र उभौली पर्वको अवसरमा स्वर्गद्वारीमा हरेक वर्ष मेला लाग्छ।


भित्रीकोट दरबार


जिल्लाको केन्द्र भागमा रहेको प्यूठान नगरपालिका वडा नं. ४ मा भित्रिकोट दरबार रहेको छ । दरबारको पछिल्लो ऐतिहासिक पृष्ठभूमि हेर्दा राजा लटराजले १६ हजार घरधुरी भएको प्यूठान राज्यको राज्य सञ्चालन गरेका थिए । तत्कालीन समयमा चौबिसे राज्य अन्र्तगत पर्ने भित्रिकोटमा ४ जना राजाहरुले शासन गरेको इतिहास छ । सत्रौ शताब्दितिर उनीहरुले शासन गरेको बताइन्छ । हाहाचन, हुहुचन र जाडे राजाले राज्य गरेको स्थानीयवासी बताउँछन् ।
राजाहरुले आफ्नो सुरक्षाका लागि दरबारको वरिपरि ढुंगाको पर्खाल देख्न सकिन्छ । त्यस समयमा निर्माण गरिएका तरवार, भाला, छुपि, धनुषवाण, खुकुरी र ढुंगाहरु अहिले भने जृण अवस्थामा रहेका छन् । विभिन्न आकारमा काठका बुट्टाले कुदिएर बनाएको मन्दिर छ । अन्तिम राजाको रुपमा वि. स. १८४३ मा मोतिचन्दको समय पछि नेपालमा विलाय भएको इतिहास पाइन्छ । डा. गितु गिरीले लेखेको इतिहासमा चन्द वंशी राजाहरुले राज्य गरेको इतिहास छ । तत्कालिन समयमा दामोदर पाण्डेको नेतृत्वमा आएको गोर्खाली फौजले आक्रमण गरेर नेपालमा गाभेका थिए ।
धार्मिक तीर्थस्थल गौमुखी


धार्मिक तथा पर्यटकीय तिर्थस्थलका हिसाबले स्वर्गद्वारी पछिको महत्वपूर्ण तीर्थस्थल गौमुखी हो।गौमुखी गाउँपालिका–२ अर्खाको लेखमा पर्ने गौमुखीमा स्थानीय कला संस्कृतिसंग रम्न, पर्यटकीय स्थलकको अवलोकन गर्न पर्यटकहरु पुग्ने गर्दछन् । झिमरुक नदीको उद्गम स्थल, गाईको मुखको आकारबाट पानीको वहाव सुरु हुने ठाउँका रुपमा गौमुखी परिचित मानिन्छ।विकट ठाउँमा रहेको गौमुखी पर्यटकीय हिसाबले अत्यन्तै सुन्दर ठाउँ र मनोमोहक दृश्यको अवलोकन गर्न सकिन्छ ।
गौमुखीको विशेषता कलाकौशल, भेषभूषा र संस्कृति हुन्।कृषि र पशुपालन गौमुखी क्षेत्रका बासिन्दाको मुख्य पेशा हो।उत्तरी प्यूठानको बाग्लुङसँग सीमा जोडिएको गौमुखीबाट निस्केको पानीले नुहाएपछि मागेको इच्छा पुग्ने विश्वास छ । जोडा नभएकोलाई जोडा हुने, छोराछोरी नभएकोलाई छोराछोरी हुने, बिरामी भएको मान्छे त्यहाँ पुगेर दर्शन गर्यो भने निको हुने विश्वास रही आएको छ जनविश्वास रहिआएको छ ।

रानी ताल, कैलाश दह, झाँक्रीढुंगा र नांगी लेक नजिर्क रहेको ठुलो जंगलमा फुल्ने ७ प्रकारका लालि गुँरासहरु ढकमक्क ढाकेको जंगल घुम्न र मज्जा लिन गौमुखी बाहेक अनेत्र अवसरै मिल्दैन।

नौबहिनी


जिल्लाका स्वर्गद्वारी, गौमुखी, ऐरावती, भित्रीकोट पछिको महत्वपूर्ण पर्यटकीय तिर्थस्थल नौ बहिनी । नौ बहिनी गाउँपालिका वडा नम्बर १ स्याउलिबाङ्ग गाउँको नजिकै पर्ने नौ बहिनी पर्यटकीय दृष्टिकोणले सुन्दर ठाउँ मानिन्छ । पर्यटकीय स्थल नौ बहिनीको नामबाटै गाउँपालिकाको नामाकरण समेत नौबहिनी राखिएको छ । नौ बहिनी बस्नका लागि गुफा, खेत उत्पादनका लागि खेतका गहरा, नौ बहिनी नुहाउने पँधेरो देख्न सकिन्छ । नौ वटा बहिनी बसेको ठाउँ भएर यस ठाउँको नाम नौ बहिनी राखिएको भन्ने किवदन्ती पाइन्छ । नौ बहिनी भएका ठाउँका मानिसहरुले प्रायः तामा उत्खनन् गर्ने गर्दथे भन्ने सुनिन्छ । तामा उत्खनन् गर्ने क्रममा एक दिन रुकुम क्षेत्रबाट एक जना वने नामको मान्छे आएको र उ पनि तामाखानी खन्न लागेको किवदन्ती छ । तामाखानीमा काम गर्ने क्रममा वनेले यही गाउँकी केटी विहे गरेको थियो । तामा खन्ने क्रममा गाउँलेले भन्दा बढी वनेले खनेपछि उसलाई मार्ने योजना बनाई चैते दशैँ पर्वमा छोरी ज्वाईलाई माईती बोलाए । माईत गईसकेपछि खाना खाने क्रममा वनेले श्रीमतीलाई संकेत गरी खाना खान नदिइ भगायो उसको खाना खाएर त्यही स्थानमा मृत्यु भएको र वनेकी श्रीमती भाग्दै ओडारमा बसेको भन्ने सुनिन्छ । ओडारमा उसको छोरा जन्मिएको र उसले सबै गाउँका केटाकेटीहरुलाई वाण हान्ने खेलमा जित हासिल गरेको किवदन्ती रहेको छ।
सरुमारानी र किमीचौर दह


सरुमारानी गाउँपालिकाको प्रशस्त पर्यटकीय संभावना बोकेको सरुमारानी लेक र किमीचौर दह पालिकाको मुख्य पर्यटकीय स्थलको रुपमा विकास भइरहेको छ।

पर्यटकहरुले ददेरीस्थित दुर्गा भगवती मन्दिर, फोर्साबाङको मदन आश्रित पार्क, बड्डडाँडाको गढी दरबार, रानिकुवा अवलोकन गर्न सकिने छ । पदमार्ग हुँदै पुठाखोला दरबार सिद्धलेक र सरुमारानीको चुली छिचोल्दै दहपुग्न सकिने छ।

ऐरावती

सेत्याम्य फुलेका हिमश्रृंखला, विभिन्न आकृतिमा सजिएका टापु, पहाडका चुचुरासंगै बिजुलीकोट, बरौलाकोट, लिपिकोटजस्ता पालिकै महत्वपूर्ण ठाउँहरु भ्यूटावरबाट देख्न सकिने छ । यी विभिन्न कोटहरुसंगै प्राकृतिक सौन्दर्ताले भरिपूर्ण जावुने दह कुटी लेक जस्ता ठाउँहरु बिस्तारै प्रचार- प्रचारमा आएका छन् । पालिका भित्र परेका पर्यटकीय ठाउँहरु एक पटक पुगेको पर्यटक त्यसपछि स्वतः ति ठाउँले तानेर लैजाने गरेको समेत स्थानीयबासीले बताउछन। झिमरुक र माडी नदीको संगम स्थल ऐरावती धार्मिक पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्य हो ।
उक्त ठाउँ अर्घाखाँचीबाट एक व्यक्ति मोक्ष प्राप्तिका लागि आफ्ना सम्पूर्ण परिवार त्यागेर ऐरावती स्थलमा कुटी निर्माण गरी बसेको इतिहास बुढापाकाहरुबाट सुनेको बताउँछन् । दुई नदीको संगमस्थल ऐरावती राप्ती नदीमा पणिरत भएको छ । उक्त स्थानमा मृत्युवरण भएको खण्ड सिद्धि प्राप्ती हुने विश्वासका साथ ति व्यक्ति नदीमा एक्लै बसेरे नदी उर्लिएर आएको बेला ‘नदी आउ मलाई बगाउ’ भन्दा समेत उर्लीएको नदीले उनलाई नछोएको किबदन्ती छ ।

मागेको पुग्ने झाँक्रीस्थान


दुःख पाएका व्यक्तिहरु समस्या लिएर झाँक्रीस्थान पुग्ने गर्दछन्।यो स्थानमा पुगेर मागेको कुरा पुग्ने विश्वासका साथ दर्शनार्थी झाँक्रीस्थानमा पुगेको दर्शनार्थीहरु बताउँछन् ।झाँक्रीस्थानमा बोका, कुखुरा, रागो, हाँस, परेवा, पञ्च बलिको बलि, मुख्य गरी झाँक्रीस्थानमा चामलको पिठोबाट बनाईएको बाक्लो रोटी चढाउने गरिन्छ ।
झाँक्रीस्थानमा पुग्ने दर्शनार्थीले चिच्चाएर आफुले चाहेको कुरा माग्ने गर्दछन् । बुढापुरानासंगै नयाँपुस्तामा पनि झाँक्रीस्थानको मोह निकै बढ्दो क्रममा रहेको छ ।

ओखरकोट


झिमरुक गाउँपालिकामा अवस्थित ओखरकोटको कोटमा पुग्न बनाईएको सिंढीलाई मिनी ग्रेटवालको रुपमा चर्चा गर्न थालिएको छ । वडा नं. ३ र ५ को सिमानामा पर्ने उक्त धार्मिक तथा पर्यटकीय स्थलमा सिंढी निर्माण भएसंगै जिल्लाका आन्तरिक पर्यटकहरु घुम्न आउन थालेका छन्। ऐतिहासिक पुरातात्विक महत्व बोकेको कोटमा तत्कालिन मगर राजा परस घर्तीले राज्य चलाएको स्थानीयहरु बताउँछन् ।कोटमा भग्नाअवशेषका रुपमा दरबारका भौतिक संरचनाहरु अहिले पनि देख्न सकिन्छ।
करिब ६ सय मिटर लम्बाई रहेको सिंढीमा स्थानीय ढुङ्गा प्रयोग गरिएको छ भने सिंढीको दायाँ–बायाँतर्फ जेआईपाइपको रेलिङ्ग बनाईएको छ । धार्मिक पर्यटनका साथै घुम्नको लागि मनोरम प्राकृतिक टापु र प्राकृतिक छटाहरुको दृष्यावलोकन प्रमुख विशेषता हुन् ।

बाहुन राज्य बनेको एकमात्र उदयपुरकोट दरबार

नेपालको ऐतिहासिक पृष्ठभूमि पल्टाएर हेर्ने हो भने लगभग अधिराज्यभर नै शाह, चन्द, मल्ल जस्ता राजकीय परिवारले राज्य गरेको तथ्य भेटिने गर्छ । तर, नेपाल कै एकमात्र यस्तो ठाउँ छ कि जहाँ बाहुन जातिले राज्य सञ्चालन गरेर आफ्नो अस्थित्य अहिले सम्म बचाइ राखेका छन् । प्यूठानको माण्डवी गाउँपालिका वडा नं. ४ मा पर्ने उक्त दरबारका अवसेषको रुपमा देख्न सकिन्छ । दरबार नजिकै रहको राजाले पूजा आजा गर्ने मन्दिरमा राजाले प्रयोग गरेका तरवार समेत राखिएको छ ।
बाइसे तथा चौबीसे भुरेटाकुरे राजाहरुको पालामा कुसबृता अर्थात बाहुन जातिले राज्य गरेको एकमात्र राज्य उदयपुरकोट दरबार हो । किम्बदन्तीअनुसार बाइसे/चौबीसे राजाहरुले राज्य गर्ने शिलशिलामा पूर्वाञ्चल विकास क्षेत्रमा पर्ने उदयपुर नामको जिल्लाबाट जसुधर भन्ने राजा आइ यस क्षेत्रमा राज्य गरेको जानकारहरुले सुनाउँछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page