केशर सुनार,प्युठान।विश्व रेडक्रस दिवसको अवसरमा स्वर्गद्वारी बहुमुखी क्याम्पस प्यूठानमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। "मानवताको पक्षमा" (ONE THE SIDE OF HUMANITY) भन्ने मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल स्वर्गद्वारी बहुमुखी क्याम्पसद्वारा आयोजित कार्यक्रमको समन्वय क्याम्पसले गरेको हो ।
क्याम्पसका विद्यार्थीहरुबिच गरिएको प्रतियोगितामा ६ वटा समूह बनेका थिए। प्रतियोगितामा प्रथम स्थान हासिल गरि विशाल थापा मगरको समूहले नगद रु दुई हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।त्यस्तै द्वितीय स्थान प्रार्थाना बिकको समूहले हासिल गरि नगद रु पन्ध्र सय र प्रमाणपत्र प्राप्त गरेका छन् भने तृतीय स्थान अनिता कुमारी केसीको समूहले हासिल गरि नगद रु एक हजार र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख गुन्ज बहादुर खड्काले रेडक्रसले आयोजना गर्ने यस प्रकारका प्रतियोगितात्मक कार्यक्रमबाट विद्यार्थीहरुमा खोजी गर्ने र अध्ययन गर्ने बानीको विकास भई शिक्षाको बिकासमा सहयोग पुग्ने विचार व्यक्त गर्नु भयो ।वहाँले आगामी दिनमा क्याम्पसमा यी यस्ता अतिरिक्त क्रियाकलापहरु गर्नका निम्ति धेरै विद्यार्थीहरुको सक्रिय सहभागीता हुनुपर्ने बताए।
पुरस्कृत तथा सहभागी विद्यार्थीहरुलाई क्याम्पस प्रमुख गुन्ज बहादुर खड्का ,सहायक क्याम्पस प्रमुख रामकृष्ण शर्मा,शिक्षक नायक दामोदर पोख्रेल,सभापति रामप्रसाद पौडेल लगायत अन्य प्राध्यापकहरुले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।
नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कल स्वर्गद्वारी बहुमुखी क्याम्पसका सभापति रामप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्याम्पसका प्राध्यापक एवम् विद्यार्थीहरुको उपस्थिति रहेको थियो।कार्यक्रमको औपचारिक सञ्चालन सोही क्याम्पसका विद्यार्थी के आर सुनारले गर्नुभएको थियो भने हाजिरीजवाफको सहजीकरण प्राध्यापक यज्ञवीर पाण्डेले गरेका थिए।