समय : ०४:५२ am | सोमबार , वैशाख ७ गते २०८२

प्युठानमा अवैध पाठ्यपुस्तक भित्रदै

स्वर्गद्वारी अपडेट | चैत्र ११ गते २०८१

प्युठान।जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिकसत्र २०८२ को लागि अझै पाठ्यपुस्तक विक्रि गरेको छैन।तर प्युठानका सामुदायिक विद्यालयको लागि आबश्यक पाठयपुस्तक जिल्लामा अवैध रूपमा भित्रिएको छ।

प्युठान नगरपालिका वडा न-८ बाग्दुला सुबेदी पुस्तक पसलका संचालक खेमराज सुबेदीले निजि प्रकाशनबाट कक्षा १ देखि कक्षा ५ सम्मका पाठयपुस्तक खरिद गरि विभिन्न विद्यालयलाई बिक्री गर्ने तयारी गरिरहेको नेपाल पुस्तक तथा व्यवसायी संघ प्युठानले जनाएको छ।बिद्यालयलाई आर्थिक प्रलोभन देखाई अबैध रूपमा पुस्तक वितरण गरेको सुचना जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा पुगेको थियो।जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बिक्री वितरण गर्न शिक्षा विकास तथा समवन्य इकाई प्युठानलाई सोमबार(आज) परिपत्र गरेको छ।

सोहि अनुसार समवन्य ईकाई प्युठानले आफु मातहतका सबै स्थानीय तहका शिक्षा युवा तथा खेलकुद शाखालाई सोमबार(आज) पत्राचार गरेको छ।पत्रमा नेपाल सरकारको निर्णय बमोजिम ३ कक्षा र  ५ देखि १२ सम्मका सबै पाठयपुस्तकहरू जनक शिक्षा सामग्री केन्द्रबाट उत्पादित पुस्तक प्रयोग गर्न गराउन भनी निर्देशन दिएको हो।

त्यस्तै प्युठान नगरपालिका शिक्षा शाखाले पनि आफ्नो पालिका भित्रका रहेका सबै विद्यालयहरूलाई जनक शिक्षाबाट उत्पादित कक्षा ३ र ५ देखि कक्षा १२ सम्मको पाठयपुस्तक  प्रयोग गर्न गराउन भनी पत्राचार गरेको छ।

जिल्लामा नीति नियम बिपरित क्रियाकलाप गर्ने जो कोहि व्यवसायीलाई छुट नभएको व्यवसायी संघ प्युठानका अध्यक्ष रमेश गिरीले बताए।उनका अनुसार प्युठान जिल्लामा कोरोनाको समयमा होस वा विपतको समयमा पनि जिल्लाका विद्यालयमा समयमै पाठयपुस्तक उपलब्ध गराएका थियौ। जनक शिक्षाले अझै  पाठयपुस्तक विक्रि खोलेको छैन। बिक्रि खुल्दा साथ केहि दिनमै जिल्लामा प्रर्याप्त मात्र पुस्तक उपलब्ध गराउने समेत गिरीले गरेको भनाई छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई छपाई र वितरण गर्न नेपाल सरकारले जिम्मेवारी दिएको हो।शैक्षिकसत्र २०८२ को लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई नेपाल सरकारले कक्षा ३ , कक्षा ५ देखि कक्षा १२ सम्म जिम्मेवारी दिएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्