समय : १२:१० pm | आइतबार , चैत्र ३ गते २०८१

प्यूठानमा ४ हजार ९ सय ४० विद्यार्थीले एसईई दिदै

सन्तोष सुनार | फागुन २२ गते २०८१

प्यूठान।प्यूठानमा ४ हजार ९ सय ४० विद्यार्थीले एसईई दिने भएका छन।२०८१ सालको चैत्र ७ गतेदखि सुरु हुने एसईई परीक्षाको लागि नियमित तथा ग्रेडवृद्धिमा प्यूठान जिल्लामा निर्धारण भएको १७ वटा परिक्षा केन्द्रबाट ४ हजार ९ सय ४० विद्यार्थीले एसईई परिक्षा दिन लागेको  जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्यूठानले जानकारी दिएको छ ।

परिक्षा दिने नियमिति तर्फ ३ हजार ४ सय उनान्सत्तरी,साधारण तर्फ ग्रेडवृद्धि १ हजार २ सय छत्तीस,प्राविधिक धारतर्फ  एक सय छयानब्बे, प्राविधिक धारतर्फ ग्रेडवृद्धि १९ जना  र २०७८–०७९ का व्याजबाट २० जना रहेको शिक्षा विकास तथा समन्वय इकाइ प्यूठानको लेखाजोखा संयोजक साधना पण्डितले जानकारी दिईन ।

एसईई परिक्षा केन्द्रहरु र परिक्षा दिने विद्यार्थीहरु अमर मा.वि. भिगृ ३७९ जना,विद्यानन्द मा.वि. जुडापाटा २५३ जना,माण्डवी मा.वि. नयाँगाउँ ३१५ जना ,जनता मा. वि.  बड्डाँडाँ ३६५ जना,मोति मा.वि . बरौला ३२५ जना,भानुभक्त मा.वि. २०१ जना,पब्लिक बोर्डिङ विद्यालय दाखाक्वाडी ३०५ जना, मुक्ति मा. वि.रातामाटा ३६९ जना,कालिका आवसीय मा.वि. टारी ३६७ जना,जनता मा.वि. बाग्दुला ३२८ जना रहेका छन।

त्यस्तै गंगा मा.वि.बाहाने (क) २५९ र (ख) २८६ जना,लक्ष्मि मा.वि. बाङ्गेमोरट १७३ जना , प्रभात मा.वि.आहालखोला २७०, बालशिक्षा मा.वि. मच्छि २१८ जना,गौमुखी मा.वि. ठूलाबेशी ३७१ जना, र महेन्द्र मा.वि. खलाङ्गाबाट १६६ जनाले दिने भएका छन।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्