समय : ०१:०० pm | आइतबार , चैत्र ३ गते २०८१

शाइन बैंकद्वारा बिद्यालयलाई सामाग्री हस्तान्तरण 

स्वर्गद्वारी अपडेट | फागुन ७ गते २०८१

प्युठान।शाइन रेसुङ्गा डेभलपमेन्ट बैक लिमिटेडले बिद्यालयलाई आवश्यक सामाग्री सहयोग गरेको छ।१७ औं स्थापना दिवसको अवसरमा सो सामाग्री बितरण गरिएको हो। 

बुधबार प्युठान नगरपालिका १ खैरा स्थित भुवनेश्वरी माध्यामिक बिद्यालयलाई सफा तथा स्वच्छ पिउने पानी प्रयोगको लागि वाटर प्युरिफाय हस्तान्तरण गरेको हो।साथै बिद्यार्थीको क्षमता बिकासको लागि क्यारम बोर्ड, भलिबल लगाएतका खेलकुदको सामाग्री समेत हस्तान्तरण गरेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैक लिमिटेड बिजुवारका शाखा प्रबन्धक योगेन्द्र बिस्टले बताए।खलङ्गा शाखा प्रबन्धक बिन्जुन बस्नेत,कर्मचारी सितल सुबेदी र रेश्मा बस्नेतको उपस्थितिमा उक्त सामाग्री हस्तान्तरण गरिएको थियो।

उक्त बिद्यालयमा १७ जना सुस्त श्रावण क्षमता भएका बिद्यार्थीहरु अध्यन गर्दै आएका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्