समय : ११:४८ pm | आइतबार , मंसिर २३ गते २०८१

प्युठानमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै

स्वर्गद्वारी अपडेट | मंसिर १० गते २०८१

प्युठान। ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि एक्यबद्धता’ राष्ट्रिय नाराका साथ आज लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदैछ । 

उक्त अभियानअन्तर्गत प्युठानका स्थानीय तहहरुले विगतमा जस्तै आजदेखि सो कार्यक्रम शुभारम्भ गरेको छ।आजदेखि सुरु हुन लागेको अभियानका लागि पालिकाले विगतमा जस्तै चेतनामूलक कार्यक्रममा जोड दिने छ।माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीमकान्त भण्डारीले यो अभियानले समाज भित्र गुम्सिएर बसेका  घरेलु हिंसा र लिङ्गको आधारमा हुने हिंसालाई न्यूनीकरण गर्न थप टेवा समेत पुग्ने बताए।      

महिला विरुद्धको हिंसा उन्मूलनको अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर–२५) मा सुरु भई अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (डिसेम्बर १०) का दिन यस १६ दिने अभियान समापन हुने गर्छ। सन् १९९१ मा महिलाको विश्वव्यापी नेतृत्व रुपी संस्थानले यस अभियानको आयोजना गरेको थियो । विश्वका एक सय ८७ देशले यो अभियान मनाउँदै आएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्