समय : ११:२० am | बुधबार , असाेज ३० गते २०८१

माण्डवीमा राष्ट्रिय शिक्षा दिवस मनाईयो

स्वर्गद्वारी अपडेट | असाेज २ गते २०८१

प्युठान।माण्डवी गाउँपालिकामा राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा विविध कार्यक्रम गरि मनाइएको छ।माण्डवी गाउँपालिकाको आयोजनामा बुधबार माण्डवी गाउँपालिका -५ रम्दी चकचके स्थित ज्योति प्राथमिक विद्यालयमा एक कार्यक्रम  गरि सो दिवस मनाइएको हो।

कार्यक्रममा संबिधानसभाको सदस्य नारायण प्रसाद अधिकारीले  उद्घाटन गरे।उनले शिक्षालाई सकारात्मक संस्कारसंग जोडेर व्यबहारिक शिक्षा बनाउने तर्फ सबैको प्रयास केन्द्रीकृत गर्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै माण्डवी गाउँपालिकाको अध्यक्ष नमराज अधिकारी ‘रोशन’ ले शिक्षा दिवसलाई सप्ताह ब्यापी रूपले देशै भरी मनाउने नेपाल सरकारको निर्णय बमोजिम माण्डवीमा आज मनाइएको जानकारी दिए। शिक्षाक्षेत्र सुधारको लागि हामी सबै जागरुक हुनपर्ने बताउदै राज्यको लगानी अनुसार शिक्षाको परिणाम भनेको रिजल्ट भएको अध्यक्ष अधिकारीले बताए।

सो अवसरमा ८,९ र १० कक्षाका परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी ,शिक्षक र विद्यालयहरूलाइ सम्मान, स्थानीय पाठ्यपुस्तक ‘हाम्रो माण्डवी हाम्रो गौरव’ निम्न समिति,गाउँपालिका शिक्षा नीति लेखन समिति र अभिभावक र कर्मचारीलाई सम्मान  गरिएको थियो भने विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य,कविता वाचन र चित्रकला प्रस्तुत गरेका थिए।

यस वर्ष शिक्षा दिवसको नारा ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता:साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नारा तय गरिएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्