प्यूठान । भनिन्छ नि ! ‘ऋण लागेस, दैवदशा नलोगेस् ।’ तर, यि दुवै कुराबाट अछुतो रहन नसकेका झविन्द्र शर्माले विगतलाई फर्केर हेर्दा सपना जस्तो लाग्ने गरेको बताउछन् । सरुमारानी गाउँपालिका १ दरभानमा स्थायी घर भएका शर्मा एक सफल युवा व्यवसायी हुन् । उमेरले ३७ वर्ष पुगेका उनीले चौतर्फी रुपमा सफलता पाउदै आएका छन् ।
शर्माले २०६८ साल भदौ २० गते १ लाख २५ हजार लगानीमा ‘राज डेकोर होम’ फर्निचर सम्बन्धि व्यापार सुरु गरेको बताउछन् । ‘मसंग २५ हजार मात्रै थियो, एक लाखको उदारो सामान किनेर व्यवसायमा हात हालेको हुं ।’ युवा व्यवसायी शर्माले भने–‘मैले जागिर गर्दा १–२ हजार गर्दै जम्मा गरेको पैसाले मलाई व्यापार गर्ने आट दिएको थियो ।’ कक्षा १२ सम्मको अध्ययन पछि केही समय वोर्डिङमा अध्ययापन गराई करिब ३ वर्ष निर्वाचन कार्यालयमा काम गरी २०६५ साल देखि प्यूठान उद्योग वाणिज्य संघको कार्यालय प्रमुखको जिम्मेवारीमा रही काम गरेको उनले बताए । लोक सेवाको तयारी गरिरहेका उनले उद्योग वाणिज्य संघमा जागिर गर्न थालेपछि व्यापारमै सम्भावना देखेपछि व्यवसायी बन्ने योजना बनाएको बताउछन् ।
आफुले व्यापार सुरु गर्दा प्यूठानमा रेडिमेड फर्निचरका सामान तथा स्वरुम नभएको हुंदा धेरै सम्भावना देखेर सदरमुकाम खलंगामै व्यापार गरेको सुनाए । ‘त्यो समयमा सामान्य खालका फर्निचरका सामान पनि नेपालगञ्ज र बुटवलबाट आयात हुने गथ्र्यो ।’ शर्माले भने–‘स्थानिय सरकार आइसकेपछि व्यवसायबाट थप सफलता प्राप्त गर्ने अवसर मिलेको थियो ।’ ११ वर्ष संघमा काम गरेका उनले व्यापारको चापँ बढ्न थालेपछि २०७६ सालमा जागिर छोडेर व्यापारमै समय विताउने गरेका छन् ।
सफल व्यवसायी बन्नको लागि सकारात्मक सोच, निरन्तरता, व्यवसाय प्रति लगाव, अनुशासीत भएर काम गर्नेमा जुनसकै व्यवसाय गरे पनि सफलता हात पर्ने सकिने बताउछन् । आम्दानी भन्दा खर्चको मात्रा बढ्यो भने जतिठुलो व्यवसाय पनि डुक्न सक्ने शर्माको भनाइ छ । हाल व्यापारमा २ करोड ५० लाख लगानी भएको बताउदै गत आर्थिक वर्षमा करिब ५ करोडको कारोवार गर्न सफल भएको उनले सुनाउछन् । ‘जागिरले भोक भोकै बस्न त परेन तर, कहिल्यै माथि जानपनि सकिएन ।’ उनले भने–‘जब व्यवसाय सुरु गरे त्यसपछि आर्थिक अवस्था सुर्धिदै गएको हो ।’
आफुसंग जोडिन आएका युवालाई रोल्पा, भालुवाङ र लमही एकल स्वामित्वको व्यापार सञ्चालन गरिदिएर संयुक्त रुपमा सामानहरु विक्री गर्ने गरेको बताए ।
आफु सफल हुनुमा भाइ अर्जुन शर्माको सुरुवातबाटै साथ सहयोग निकै महत्वपूर्ण रहेको बताउदै श्रीमति सविता पौडेलसंगै पारिवारिक रुपमा राम्रो सहयोग मिलेको बताउछन् । उनको पारिवारिक आम्दानीको मुख्य स्रोत नै व्यापार हो । प्यूठान नगरपालिका ४ जुम्रीको आफ्नै निवासमा भाइबुहारीको परिवार र आफ्नो परिवारसंगै बस्दै आएका छन् ।
सामान्य आर्थिक अवस्था भएको परिवारमा जन्मिएका शर्माले कक्षा १० को परिक्षा दिए लगत्तै आफ्ना बुबा धनेश्वर शर्माको ४१ वर्षको उमेरमा २०६० सालमा निधन भएपछि परिवारिक जिम्मेवारी सबै आफुमाथि आएको सुनाउछन् । ‘म भर्खरै १६ वर्षमा टेकेको थिए । भाइ अर्जुन कक्षा ८ मा र बहिनी राधाले कक्षा ६ मा पढ्दै थिए ।’ उनले भने–‘आर्थिक जोहो गर्न आमाले तरकारी, साग बेचेर घरखर्च जुटाउनु हुन्थ्यो ।’ ३५ वर्षको कलिलो उमेरमा श्रीमान गुमाउदाको पिडाले थलिएकी आफ्नी आमा अहिले छोराहरुको सफलतामा निकै खुसी हुनेको उनले बताउछन् ।
जागिर छोडेपछि संघको कार्यसमिति सदस्य, कोषाध्यक्ष हुदै हाल महासचिवको जिम्मेवारीमा रहेको उनले बताए । आफ्नो व्यवसायीक सफलताको श्रेय ठुलोबुबा तुल्सीराम रिजाललाई दिएका छन् ।