समय : ०९:१४ am | शुक्रबार , कार्तिक २ गते २०८१

प्युठानमा एक वर्षमा राहदानीबाट करिव ३ करोड राजश्व

स्वर्गद्वारी अपडेट | असाेज २९ गते २०८१

प्युठान।जिल्ला प्रशासन कार्यालय प्युठानको आर्थिक वर्ष २०८०/०८१मा राहदानी वितरणबाट करिव ३ करोड राजस्व सङ्कलन गरेको हो।जिल्लाबाट राहदानी बनाउनेको सङ्ख्या पनि बढेको छ।

आर्थिक वर्ष २०८०/०८१मा राहदानी वितरणबाट २ करोड ९५ लाख ४६ हजार २ सय राजस्व सङ्कलन भएको आर्थिक वर्ष ०८०/०८१ को वार्षिक प्रतिबेदनमा उल्लेख छ।वार्षिक प्रतिबेदन अनुसार एक वर्षमा जिल्लाबाट ५ हजार ६ सय २० जनाले राहदानी बनाएका छन्।

हाम्रो ग्रामीणक्षेत्र  भएर होला पहिलो प्राथमिकतामा बैदेशिक रोजगार र दोस्रो १२ पास गरेर अध्यनको लागि राहदानी लिएको हुन् सक्ने सहायक प्रमुख जिल्ला अधिकारी  लक्ष्मी देवी शर्माले बताइन्।नेपाल सरकारले पछिल्लो समय विद्युतीय राहदानी वितरणका लागि अनलाइन प्रणालीबाट राहदानी वितरण गर्ने गरेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्