समय : ०९:०८ am | शुक्रबार , कार्तिक २ गते २०८१

हाम्रै हो प्यारो नेपाल – जगत पोख्रेल

स्वर्गद्वारी अपडेट | असाेज ५ गते २०८१

हूर्काउछौ,बढाउछौ छाती भित्र सजाउछौ

उठाउछौ माथि-माथि अन्जुलिमा राख्दछौ

हाम्रै हो प्योरो नेपाल ।

सानो भनि सीमा मिची छिमेकीले हेप्दैछ

नाना थरि लोभ देखाई अतिक्रमण गर्दैछ

हामी पनि हाम्रै तागत देखाई दिन्छौ कम छैनौ

नेपालीलाई निर्धो नठान रगत हाम्रो पनि होईन ।

नेपाली हामी एक हुन्छौ अब हामी फुट्दैनौ

हेपिएका नेपाली सारा डोरी बन्छौ टुट्दैनौ

हुर्काउछौ बढाउछौ छाती भित्र सजाउछौ

उठाउछौ माथि माथि अन्जुलिमा सजाउछौ ।

सिमाना मिच्नी हामीलाई ठग्ने हाम्रो नदीमा

नेपालीलाई फुटाउदै चुकुल ठोक्ने मुखमा

बोल्छौ अब हामी पनि हाम्रो बिबेक कम छैन ।

रुँदा खस्ने आँसु हाम्रो मोल नभएको पनि होईन

थाल्छौ अब यात्रा हाम्रो अब हामी रुक्दैनौ

मिचिएका सिमाना ल्याउन मुठी बन्छौ फुट्दैनौ।

हुर्काउछौ बढाउछौ छाती भित्र लुकाउछौ

उठाउछौ माथी माथी अन्जुलीमा राख्दछौ

हाम्रै हो प्यारो नेपाल।

हामी यो देशका कर्णधार नेपाली

लिन्छौ अब हामी पनि वीर नेपाली कम छैन

नेपाल यो हाम्रो देश रणभुमी यो थलो होईन्

हाम्रै हो प्योरो नेपाल।                      

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्