काठमाडौं - आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार रुपैयाँले बढ्दै २ लाख ४८ हजार १०० रुपैयाँमा पुगेको हो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढ्दै ३ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो शुक्रबार चाँदी प्रतितोला ३ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।








