समय : ०९:५४ am | शुक्रबार , मंसिर ११ गते २०८३

प्युठानमा ३ वर्षमा १ सय २३ जनाले गरे आत्महत्या

स्वर्गद्वारी अपडेट | मंसिर ११ गते २०८३

प्युठान।प्युठानमा आत्महत्याका घटनामा वृद्धि भएको छ।पछिल्ला ३ आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्या १ सय २३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

आर्थिक वर्ष  ०८०/८१ मा ५२ जना,  ०८१/०८२ मा ३४ जना र ०८२/०८३ मा ४७ जना गरि आत्महत्या गर्नेको संख्या १ सय २३ जना पुगेको  हो।

प्रहरी कार्यालयको तथ्यांक अनुसार १८ वर्ष देखि मुनिका ४२ जनाले आत्महत्या गरेका छन्।आत्महत्या गर्नेको उमेर समूह हेर्दा १८ देखि ४० वर्ष भित्रका बढी देखिएको छ।   

यो पनि पढ्नुहोस्