प्यूठान।तिहार पछिको द्धितिया तीथिको अवसरमा चकचकेमा मेला लाग्दैछ।परापूर्वकालदेखि लाग्ने मेला यसपाली पनि झन् व्यवस्थितरुपमा आयोजना हुने चकचके मेला समितिले जनाएको छ।
बिहिबार माण्डवी गाउँपालिका -५ चकचके ज्योति प्राथमिक बिद्यालयको प्राङ्गणमा हुने मेलामा मारुनी नाँच,सोरठी नाँच, सराय नाँच र स्थानीय नाँच प्रदर्शन गरिने छ।






