समय : १०:४० am | शुक्रबार , मंसिर ११ गते २०८३

प्यूठानमा घरेलु हिंसाका उजुरी बढ्दो, तीन वर्षमा ३४ महिला तथा बालबालिका हराए

सबै गरि उजुरी दर्ता १ सय ९७ जना र मिलापत्र संख्या १ सय ८१ जना भएको विवरणमा उल्लेख छ।

लव कुमार अधिकारी | मंसिर ११ गते २०८३

प्यूठान।प्युठानमा घरेलु हिंसाका उजुरी बढ्दो क्रममा देखिएको छ।जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्यांकअनुसार घरेलु हिंसा, महिला तथा बालबालिका हराउने घटना र विभिन्न जघन्य अपराधका उजुरी प्रहरीमा दर्ता हुने क्रम देखिएको छ।

प्रहरी प्यूठानको घरेलु हिंसासम्बन्धी तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा ४६ वटा उजुरी दर्ता भएका थिए।तीमध्ये ४० वटा मिलापत्र भएका छन् भने ६ वटा सम्बन्धित निकाय तथा अदालतसम्म पुगेका विवरण तथ्यांकमा उल्लेख छन्। आर्थिक वर्ष २०८०/८१ मा ५३ वटा उजुरी दर्ता भएका थिए।उक्त वर्ष सबै उजुरी मिलापत्र भएको तथ्यांक देखिन्छ।आर्थिक वर्ष २०८१ /८२ मा ३८ वटा उजुरी दर्ता भएका थिए सबै मिलापत्र भएका छन्।आर्थिक वर्ष २०८२/०८३ मा ३४ वटा उजुरी दर्तामा थिए भने मिलापत्र २५ वटा मिलापत्र भएको छ।चालुआर्थिक वर्ष कार्तिक मसान्तसम्म २६ वटा उजुरी दर्ता भएका छन् भने २५ मिलापत्र भएका छन्।सबै गरि उजुरी दर्ता १ सय ९७ जना र मिलापत्र संख्या १ सय ८१ जना भएको विवरणमा उल्लेख छ।

आर्थिक वर्ष २०८१/८२ मा घरेलु हिंसाका ३८ वटा उजुरी दर्ता भएका थिए।त्यस्तै, चालु आर्थिक वर्ष २०८२/८३ को उपलब्ध तथ्यांकमा ३४ वटा उजुरी दर्ता भएको देखिएको छ।घरेलु हिंसासम्बन्धी उजुरीको तथ्यांकले परिवार तथा सामाजिक सम्बन्धभित्र हुने हिंसाका घटना प्रहरीसम्म पुगिरहेको देखाउँछ।

लैङ्गिक हिंसा तथा छिमेकी हिंसाका उजुरी

प्रहरीको तथ्यांकमा लैङ्गिक हिंसा तथा छिमेकी हिंसासम्बन्धी उजुरी पनि समेटिएका छन्।आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ सम्मको विवरणमा लैङ्गिक तथा सामाजिक हिंसासम्बन्धी उजुरी दर्ता भएको देखिन्छ। ती उजुरीमध्ये अधिकांश मिलापत्र भएको तथ्यांकमा उल्लेख छ।

३ वर्षमा ३४ महिला तथा बालबालिका हराए

प्रहरीको तथ्यांकअनुसार तीन आर्थिक वर्षको अवधिमा महिला तथा बालबालिका हराएको सम्बन्धमा ३४ वटा निवेदन परेको विवरण छ।तीमध्ये ३२ जनालाई फेला पारिएको तथ्यांकमा उल्लेख छ भने दुई महिला अझै फेला परेका छैनन।

हराएका महिला तथा बालबालिका खोजीका लागि प्रहरीमा निवेदन पर्ने र खोजीपछि फेला पार्ने क्रम तथ्यांकमा देखिएको छ।हराउने घटनामा महिला, बालक, बालिका तथा अन्य श्रेणीमा विवरण राखिएको छ।

३ वर्षमा १ सय २३ जनाले गरे आत्महत्या

प्युठानमा पछिल्ला ३ आर्थिक वर्षमा १ सय २३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

आर्थिक वर्ष  ०८०/८१ मा ५२ जना,  ०८१/०८२ मा ३४ जना र ०८२/०८३ मा ४७ जना गरि आत्महत्या गर्नेको संख्या १ सय २३ जना पुगेको  हो।

प्रहरी कार्यालयको तथ्यांक अनुसार १८ वर्ष देखि मुनिका ४२ जनाले आत्महत्या गरेका छन्।आत्महत्या गर्नेको उमेर समूह हेर्दा १८ देखि ४० वर्ष भित्रका बढी देखिएको छ।   

यो पनि पढ्नुहोस्