नेपालजस्तो पहाडैपहाडले घेरेएिको देशमा भ्युटावर बनाउनु निर्माण गर्नु भनेको अत्यन्त अनुत्पादक हो।हाम्रो पहाडका चुचुराहरू आफैंमा भ्युटावर हुन्।आवश्यक ठाउँमा स्थानीय निर्माण सामग्री र प्रविधि, स्थानीय कला र संस्कृति झल्कने गरी पर्यटकीय स्थल निर्माण गर्ने हो।पहाडको चुचुरामा भ्युटावर बनाउनु भनेको शिरमाथि टोपी र टोपीमाथि प्वाँख राखेजस्तो हो।अरेबियन मुलक दुबई ,कतार र मालदिभ्स जस्ता देशहरुले समुद्रको तट देखाएर पर्यटक भित्र्याइरहेको छ।हाम्रा भ्युटावर भनेको पहाडको टाकुरा र हिमाल हुन्।यहाँ पर्यटक ल्याउन स्थानीय कला, संस्कृति देखिने गरी होमस्टे बनाउनुपर्छ।स्थानीय निर्माण सामग्री प्रयोग गर्यौं भने स्थानीय उत्पादनको खपत हुन्छ र स्थानीयले काम पनि पाउँछन्।
भ्युटावर बनाउनै हुँदैन भन्ने चाहि होईन आवस्यक ठाउँ र उपयुक्त स्थानमा बनाउदा पर्यटकको गन्तव्य र रोजाइमा ध्यान पुगोस भन्ने मात्र हो।हाम्रा पहाडका टुप्पाहरू नै भ्युटावार हुन्।साराङकोटको डाँडो भ्युटावर हो।स्वम्भ्युको डाँडा आफैमा भ्युटावर हो।प्युठानको स्वर्गद्वारी भ्युटावर हो।रोल्पाको सातदोबाटोको डाँडा आफैमा भ्युटावर हो।पाल्पाको तानसेनको डाँडा भ्युटावर हो ।त्यहाँ किन भ्युटावर बनाउनुपर्यो? भ्युटावर निर्माण गर्ने अहिले फेसनजस्तै भएको छ,देखावटी मै रमाउन थालेका छन् जनप्रतिनिधिहरु।
यसरी भ्युटावर बनाउनु आवश्यक छैन।करोडौं रुपैयाँ खर्च गरेर बनाएका भ्युटावर प्रयोगमा नआए के गर्ने? राज्यको खर्च मात्र हुन्छ। देश संघीयताको डोरीमा बाँधिएको छ।संघीयताको क्षमता अभिवृद्धि गर्ने काम संघीय सरकारको हो।संघीय सरकारले मापदण्ड तथा नीति निर्माण बनाउनुपर्छ। केन्द्र सरकारले बनाउने नीति निर्माण र मापदण्डमा भ्युटावर लाई प्राथमिकतामा राख्नु हुदैन।समथर मैदानी ठाउँहरुमा दृश्यावलोकन गर्न टावर निर्माण गर्ने कुरालाई भने अवस्था हेरेर स्वीकार गर्न सकिन्छ।तर त्यो टावरबाट देखिने दृष्यको अवस्था र आवश्यकता वा प्राथमिकताको के के हुन् भन्ने कुरामा चाहि टावर निर्माण गर्दा ध्यान दिने कुरा हो। अब रोल्पाकै भ्युटावरको कुरा लिउँ, टावरमा चढेर हेर्ने कुराचाहिँ के छन् त त्यहाँ? कतै झुपडी र छाप्रा, कतै यदाकता मोटर मोटरसाइकल, साइकल या स्ट्रेचरमा बोकेको बिरामी देखाउनका लागि दृश्यावलोकन टावर बनाउने? आवश्यकता र प्राथमिकतामा दृश्यावलोकन टावर निर्माण गर्ने कुरामा कुनै दुबिधामा छैन।
आवश्यकता एकातिर, बजेट अर्कैतिर
स्थानीय सरकारको नीति एकातिर र बजेट अर्कैतिर हुँदा विकासको प्रत्याभूति खासै देखिदैन।मेरै पालिका हेर्ने हो भने खेलकुद मैदान निर्माण गर्नु भन्दा स्थानीय उत्पादनलाई बजारीकरण र युवाहरुलाई सिप विकास तालिममा लगानी गर्नु पर्ने हो।जव युवा नै गाउँमा नरहे के को लागि खेलकुद मैदान निर्माण गर्ने ? यो त एउटा सानो उदाहरण मात्र हो हेर्दै जाने हो भने सबै स्थानीयतहमा आवस्यकता एकातिर बजेट अर्कैतिर देखिन्छ ।कहाँ के आवश्यकता छ, भन्ने कुरा स्थानीय बुद्दिजिबि र विज्ञको सुझाब अनुसार बजेट निर्माण गर्ने हो।कुन ठाऊँमा स्वास्थ्य चौकीमा के समस्या छ वा जनताका लागि आधारभूत स्वास्थ्य सेवा सहज बनाउन कहाँ पूर्वाधार बनाउँदा सहज हुन्छ ? यसमा स्थानीय सरकाले ख्याल रराख्नु पर्ने कुरा हो।
झ्वाट्ट हेर्दा ठुला भवन निर्माणले रोजगारी सिर्जना तथा आर्थिक विकासमा योगदान पुर्याउछ कि नाइँ ? नगरको धेरैजसो बजेट प्रशासनिक खर्च र उपभोक्तामार्फत निर्माण गर्ने टुक्रे योजनामा मात्र केन्द्रीत छन् ।नीति बनाउने बेला कुनै संघसंस्थाका कार्यक्रमले समेटन सकिन्छ कि भनेर राखिए पनि नीतिअनुसारका कार्यक्रम बनेको देखिदैन।पाँच लाखदेखि २० लाख रुपैयाँसम्मको बजेटमा कार्यकर्ताहरूको नेतृत्वमा उपभोक्ता समिति बन्ने र आफै काम गर्ने गरेको कयौं उदाहरणहरु छन्।त्यो समितिबाट निर्माण भएको योजना पनि त्यति प्रभावकारी देखिदैन l
प्रदेश सरकारको र स्थानीय सरकारको अर्को अनुत्पादक क्षेत्रको लगानी मठमन्दिर निर्माण पनि एक हो।नगरपालिका र गाउँपालिकाले नै कृषकले उत्पादन गरेका कृषि उपज बिचौलियाका कारण उत्पादकले उचित मूल्य नपाउने र उपभोक्ताले महँगोमा खरिद गर्नुपर्ने गुनासो कम गर्न कृषि हाट बजारको ब्यवस्था गर्ने नीति लिएको छ ।तर नीति मात्र बन्ने गरेको छ व्यहारमा भने सुन्य छ।
अब लगानी गर्ने भनेको उदाहरणका लागि,सामुदायिक क्लिनिक, अस्पताल/स्वास्थ्य चौकी, सामुदायिक शिक्षालय, प्राविधिक प्रशिक्षण केन्द्र, सार्वजनिक पुस्तकालय, चौर वा पार्क जस्ता खुला स्थान, सार्वजनिक यातायात त्यसमा पनि रात्रिकालीन यातायात, पिउने पानी एवं ढल निकासका संरचना, सरसफाइ।अब स्थानीय सरकारको प्रमुख दायित्व भनेको यिनै हुन् ।जनप्रतिनिधिहरुले अब बन्ने बजेट / योजनामा सिप बिकास युवा तालिम संचालन गरेर टोल टोलमा भएका युवाहरुलाई एकीकृत गरि उनीहरुको रुची दक्षताको आधारमा तामिल संचालन गर्ने हो ।जसले गर्दा एक युवा उद्योगी एक घर रोजगारको नारालाई पूर्ण रुप दिन सकिन्छ। माथि उल्लिखित सबै कुरा तुरुन्त गर्न नसकिएलान् तर तुरुन्त गरिहाल्नुपर्ने र अलि संबेदनशील भएर सोच्ने भनेको युवा पलाएन रोक्ने र युवालाई देशमै गरिखाने बातावरण गराउने तिनै तहको सरकारको प्रमुख दायित्व हो।
लेखक - रेडियो स्वर्गद्वारी एफ .एम प्युठानका स्टेशन प्रमुख हुन् l