समय : ०९:३६ am | शनिबार , श्रावण १२ गते २०८१

सराङ्गबेशीमा तरकारी खेतीको संभावना बजारीकरणको समस्या

राधिका भुषाल | चैत्र ७ गते २०८०

प्यूठान । झिमरुक नदिको किनारैमा ठुलै खेतको फाँट, अलिकति माथि सरलक्क परेका बारीका पाटा अनि त्यस भन्दा माथि दन्तेलहर बस्तीले सबैको नजर तान्ने गर्छ । तर, ति नजरले यो बस्तीबाट जुनचिज तान्नु पर्ने हो त्यो तान्न सकेको छैन । ऐरावती गाउँपालिका ५ सराङ्गवेशीमा कृषि क्षेत्रमा लगानी नहुंदा निर्वाहमुखी खेतीपातीमा सिमित हुन परेका स्थानियहरु बताउछन् ।

मौसमी तथा वेमौसमी तरकारीहरु उत्पादन गर्न खासै समस्या नभएको तर, उत्पादित बस्तुले बजार नपाउदा निर्वाहमुखी खेतीमा सिमित हुनु परेको स्थानियवासी सिता केसीले बताउछिन् ।  ‘मैले भएको जति सबै जमिनमा तरकारी खेती गर्ने थिए, यदि बजारीकरणको राम्रो व्यवस्था भएमा ।’ सिता केसीले भनिन्–‘निर्वाहमुखी तरकारी खेतीबाट २०७५ साल देखि थोरै भएपनि आम्दानी हुने आसाले व्यवसायीक तरकारी खेती सुरु गरेकी छु ।’ तरकारी सुहाउदो हावापानी माटो भएपनि बजार नपाउदा थोरै उत्पादन गरेपनी विक्री गर्न समस्या भएको  उनले सुनाउछिन् । २०७५ साल तिर कालिका विकास केन्द्र नेपाल, प्यूठानद्धारा टमाटर लगाउनका लागि टनेलहरु बनाइदिएको उनले बताइन् ।  ‘त्यससमय फलाएको टमाटर गाउँमा खपत भएन र बजार लैजाने ढुवानीले लगानी नै नउठ्ने भएपछि  धेरैले व्यवसायीक तरकारी खेतबाट हात झिक्नु भएको हो ।’ के.सीले थप्दै भनिन् –‘हामीले उत्पादन गरेको कृषिजन्य बस्तुको यदि राम्रो बजारीकरणको व्यवस्था भएमा अधिकांश व्यक्तीले व्यवसायीक तरकारी खेती गर्नुहुने थियो ।’ स्थानिय सरकारले साचिक्कै जनताको मर्म बुझेर सो ठाउँमा कृषि संकलन केन्द्र अथवा कृषि एम्बुलेन्सको व्यवस्था गरि उत्पादित बस्तुलाई बजार पु¥याउनु पर्ने उनले बताइन । त्यस्तै सोही निवासी सुस्मा के.सी.ले पनि आफुले उत्पादन गरेको तरकारीले बजार नपाएपछि व्यवसायीक तरकारी खेतीबाट बाहिरिएर निर्वाहमुखी खेती गर्न थालेको बताउछन् । पुष्पा केसी, इश्वरी पुन लगायतका थुप्रै व्यक्तिहरुले तरकरी खेती गर्ने रहर भएको तर, बजार नहुंदा यत्तिकै बस्नु परेको बताउछन् । खानेपानी तथा सरसफाइ डिभिजन प्यूठानले लिफ्ट सिचाईको व्यवस्था गरिदिए पछि सिचाई सुविधा समेत भएको उनीहरु बताउछन् ।

यदि सराङ्गवेशीका पाटाहरुमा मौसमी तथा बेमौसमी तरकारी खेती गरेमा स्थानियवासीको आयआर्जन हुनुका साथै ऐरावती गाउँपालिका तरकारीमा  आत्मनिर्भर हुनसक्नेमा आफुहरु ढुक्क रहेको उनीहरुको भनाइ छ ।  २०७५ सालमा कालिका विकास केन्द्र नेपाल, प्यूठानले सराङ्गवेशीका २८ घरधुरीलाई प्रतिघरधुरी कृषकको आवश्यकता अनुसार २ देखि ४ को संख्या टनेल विवतरण गरेको थियो । उत्पादन भएको तरकरी गाउँमा खपत हुने बजार पु¥याउदा ढुवानी खर्चले लगानी उठाउन नसक्ने हुंदा यि मध्ये दुइ तीन जनाले मात्रै तरकारी खेती गर्ने गरेका छन् ।   

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page