समय : ०९:०५ am | शनिबार , श्रावण १२ गते २०८१

मुक्तिको लगनशीलताले प्राप्त गरेको सफलता

राधिका भुषाल | फागुन १९ गते २०८०

प्युठान।हरेक दिनको व्यस्तताको दौडधुप।झट्टा हेर्दा युवाअवस्था कटिसकेको जस्तो देखिने । सरकारी पेशा देखि व्यवसायी हुदै  राजनीति क्षेत्रको अनुभव बटुली सकेका व्यक्ति हुन मुक्ति पोख्रेल । अन्य क्षेत्रको सफलतासंगै अहिले भने व्यवसायीक सफलता अंगालिरहेका छन् । 

प्युठान नगरपालिका–2 दाखाक्वाडी निवासी मुक्ति पोख्रेलले २०७२ मंसिर २ गते शिक्षण पेशाबाट अवकाश पाए । संघ–संस्था सहकरी सबै तिर कुलश नेतृत्वको भुमिकामा निभाइ रहेका थिए । २०७२ सालमा व्यवसायीक यात्रा सुरु गरे । २०७४ को स्थानिय तहको निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित भए । वडा अध्यक्ष हुंदा थुप्रै योजनाहरु पारे र वडाले सम्झिरहने छाप छोड्दै कार्यकाल विताउदै त्यसपछि सबै ध्यान आफ्नो व्यवसाय तिर लगाउन थालेको पोख्रेलले बताउछन् ।

२०७२ सालमा करिब २७ लाख लगानीमा न्यु प्रगतिशील पोल्टी फर्म सञ्चालन गरि कुखुरा व्यवसायको यात्रा सुरु गरेको उनी बताउछन् । ‘सामान्य थोरै लगानीमा व्यवसाय गर्दै आएपनि त्यत्ति ठुलो लगानी गरेको यही फर्म हो ।’ पोख्रेलले भने–‘सुरुमा करिब २ वर्षसम्म संयुक्त रुपमा सञ्चालन गरेका थियो तर, संयुक्त व्यवसायमा लगानी डुब्ने पक्का देखिएपछि २०७२ साल देखि सबै नाफाघाटा आफैले व्यर्होने गरि एकल व्यवसाय गरेको हुं ।’ फर्ममा हाइ लाइन र लोमेन जातका अन्डा दिने कुखुरा रहेका बताउदैं हाल ६ हजार संख्यामा कुखुराहरु रहेको बताउछन् । दाना बनाउने मिल रहेको उक्त मिलमा ७ प्रकारको ठोस बस्तु र ११ प्रकारको औषधी तथा भिटामीन मिसाएर कुखुरालाई खुवाउने गर्दछन् ।

पोख्रेलले ४ रोपनी आफ्नै जग्गा र ११ रोपनी जग्गा भाडामा लिइ जम्मा १५ रोपनी क्षेत्रफल भएको जग्गामा खोर निर्माण गरी कुखुरा पालन गर्दै आएका छन् । सुरुको सम्झौता अनुसार प्रति रोपनी ३ हजारका दरले जग्गाभाडा दिनु पर्ने र प्रत्येक आर्थिक वर्षमा ५ प्रतिशतले भाडादर बृद्धि गर्ने गरि जग्गाधनीसंग सहमति भएको उनले सुनाए । 

वार्षिक ३ करोडको कारोवार

‘आफुसंग पर्याप्त रकम नभएपछि जग्गालोनमा राखि बैंकबाट ऋण लिएर अन्डा दिने कुखुरा पालन सुरु गरेको थिए ।’ पोख्रेलले भने–‘कुखुरा पालनबाट गत आर्थिक वर्ष ३ करोडको कारोवार गरी ३० लाखसम्म नाफा भएको छ ।’ एउटा खुकुराले उसको जीवनकालमा सरदर ४ सय वटा अन्डा दिने कुरा बताउदैं एकदिनको चल्ला लिएर पाल्ने र १ सय ४० दिनपछि अन्डा दिने अवधि सुरु हुने अनि  २४ महिनासम्म निरन्तर अन्डा दिने पोख्रेलको भनाइ छ । पोख्रेलले १० हजार वटा कुखुरा अटाउन सक्ने क्षमताका २ वटा खोर निर्माण गरेर कुखुरा पालन गर्दै आएका छन् । कुखुरासंगै तबुर्जा खेतीको सुरुवात समेत गरेको उनी बताउछन् ।  फुर्सदको समयमा १८ घण्टासम्म  फर्ममै विताउने गरेको  उनी बताउछन् । जीवनसंगिनी साधना पोख्रेलले साथ सहयोगले झनै हौसला मिलेको छ । जिल्लाकै ठुलो फर्म आफ्नै रहेको उनको भनाइ छ ।

बजारीकरण व्यवस्थित छैन

सबै भन्दा जटिल समस्या उधारो समान जान्छ । बजारमा आउने उदाडचढावले व्यवसायीहरुको नराम्रोसंग ढाडसक्ने गरेको अनुभव सुनाउछन् । आयात गर्ने समयमा महंगी हुने र आफ्नो उत्पादन बजारमा लैजाँदा मुल्य नपाउने भएको छ । स्थानिय सरकारले बजारीकरणलाई व्यवस्थित गर्न सकेमा व्यवसायीहरुको लगानी सुरक्षीत हुनुका साथै स्थानिय उत्पादनमा आत्मनिर्भर हुन सकिने उनको भनाइ छ । स्थानिय तहले पैसा दिने आशा गरेका छौनौ । उत्पादित सामानको अनुकल मुल्य कायम गर्दिएर बाहिरबाट भित्रिने आयात रोकिदिनु पर्छ ।

उत्पादित अण्डा बिक्रीका लागि रोल्पा, गुल्मी, अर्घाखाँची दाङसम्म पु¥याउने गरेको बताउछन् । जिल्लामा करिब १७ वटा फर्महरु सञ्चालनमा रहेको जानकारी समेत दिए ।  

कमाइसंगै रोजगारी सिर्जना

पोख्रेलले फर्म सञ्चालन गरेसंगै ४ जना स्थानियले  रोजगारी समेत पाएका छन् । नेपालमा सम्भावना छैन विदेशै जानुपर्छ भन्ने मानसिकता गलत भएको उनले बताउछन् । ‘लगनशील भएर कडा मेहनत गरेमा नेपालमै सम्भावना छ ।’ उनले थप्दै भन्छन्–‘व्यवसायिक रुपमा काम गर्ने इच्छाशक्ति भए पैसा कमाउन बिदेश नै जानुपर्छ भन्ने छैन ।’   

राज्य प्रति असन्तुष्टि

पोख्रेलका अनुसार –‘नेपालका युवा बैदेशिक रोजगारी खोज्दै विदेशीनुको मुख्य कारण राज्यसंग कुनै भिजन अथवा राम्रो योजना नहुनु हो । राज्य कमजोर भयो । सरकारको नेतृत्वकर्ताले कुन क्षेत्रमा लागनी गरियो भने रोजगारीका अवसर सिर्जना हुन्छ भन्ने कुरा थाहा पाउन सकेनन् । जलस्रोतमा विश्वको दोस्रो धनि मुलुक हाम्रो नेपालमा जलस्रोत उत्पादनमा राज्यले प्रशस्त लगानी गर्दै सर्वसाधारणको लागि शेयर खुलाउन सकेमा अरु केही गर्न नपर्ने  पोख्रेलको भनाइ छ । ‘अरुले तेल बेचेर, सोलार बेचेर धनी मुलुक बन्ने ? हाम्रो देशले विद्युत बेच्न नसक्ने ?’ भन्दै राज्यसंग आक्रोस समेत पोखेका छन् । 

अवकाशपछि व्यवसायीक सफलता

उमेरले ६० पुगेका २७ वर्ष शिक्षण पेशाबाट अवकाश पाए संगै राजनीतिमा होमिएका मुक्ति पोख्रेल नेपालमा कुनै सम्भावना नदेख्ने युवाहरुलाई दरिलो उदाहरण बनेका छन् । राजनीति क्षेत्रसंगै व्यवसाय पनि सुरु गरेका उनी अधिकांश समय फर्ममा रमाउने गर्दछन् । जागिरे जीवनबाट अवकास लिएपछि बाँकी जीवन थप उर्जाशिल बनाउन उनले समाजसेवाका लागी राजनीति र आर्थिक व्यवस्थापनका लागी व्यवसायिक कुखुरा पालन अंगालेका हुन । आर्थिक हिसावले त्यति धेरै समस्या नरहेपनि जीवनलाई सार्थक र सर्घषशिल बनाउन रुचाएका पोख्रेलसंग हरेक क्षेत्रको अनुभव छ ।  पोख्रेलले भने,–‘बाहिर बसेर पनि समाजसेवा गर्न पाएकै छु, सामाजिक कामसंगै आफ्नो व्यवसायमा पनि अलि धेरै समय दिन पाउदा झनै सहज भएको छ ।’ फर्म पुगेर काम गर्न कुनै अप्ठ्यारो नहुने अण्डा टिप्ने, दाना हाल्ने, औषधी खुवाउने, गोडमेल गर्ने, विउपलहरु रोप्ने सबै काममा आफु व्यस्त हुने गरेको उनले बताए । अझै १० वर्ष ढुक्कले काम गर्न सक्ने विश्वास उनमा छ ।

‘कहिलेकाँही बाहिर धेरै तनाव भयो भनेपनि फर्म छिरेपछि सवै तनाव एकपटक हराउछ’– उनले भने–‘फर्मबाट आर्थिक आयआर्जन राम्रो मात्र भएको छैन, खोर भित्र राखिएको बाँसबाट बनाएको गुँडभरी कुखुराले अण्डा पारेको हेर्न पाएपछि तनाव भन्ने कुरा नै बिर्सिन पुग्छु ।’ 

कुसल वडा अध्यक्ष  

 २०७४ सालको स्थानीय तहको पहिलो निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए । पाँच बर्षको कार्यकालको जिम्मेवारीमा रहदा उनि न कहिल्यै  बिबादित बने, नत वडाबासी जनताको त्यति धेरै असन्तुष्टी र गुनासो नै । पछिल्लो समय राजनीतिलाई सेवाभन्दा पेशा ठान्ने र राजनीतिलाई कमाउने बाटो बनाउने प्रबृति बढी रहेका बेला निवर्तमान वडाध्यक्ष पोख्रेलले भने राजनीति गर्नु भनेको आफ्नै ठाउँको विकास गर्नु हो भनेर सुनाउछन् । नेपालमा राम्रा १५–२० जना नेतृत्वकर्ता हुनेसाथ मुलुकले स्वरुप फेर्न सक्ने उनको विष्लेषण छ । आफ्नो कार्यकाल अवधिमा लिफ्ट खानेपानी योजना, तटबन्धन, नहर तथा पक्की कुलो निर्माण लगायतका करोड भन्दा माथिको बजेटमा थुप्रै योजनाहरु सम्पन्न गरेको उनी बताउछन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page