प्युठान।लगानी र मेहनत बढी लाग्ने तर उत्पादनकम भएको कारणले किसानहरु कृषि पेशाबाट पलायन भई रहेको बेला बिगत २५ बर्ष देखी निरन्तर रुपमा कृषि पेशामै रमाएका प्युठान नगरपालिका -९ लामसेराका कृषक दिन बहादुर जी.सी।
करिव १३ रोपनी क्षेत्रफल जमीनमा खेती सुरुवात गरेका जी.सीले सुरुवाती चरणमा कृषि विकास बैंकबाट ७ लाख ५० हजार ऋण लगानीबाट संचालन गरेका थिए। कृषि पर्यटन/फर्म स्टे तथा जी.सी कृषी प्रशोधन फर्म मार्फत मोती पालन, माछा पालन, स्टेवरी खेती,अम्बा खेती र मौसमी तथा बेमौसमी तरकारी उत्पादन सुरु गरे।
![](https://sworgadwariupdate.com/wp-content/uploads/2023/11/20231004173011_IMG_1031-1024x683.jpg)
कृषक जी.सीले लुम्बिनी प्रदेश मै पहिलो पटक सिपिर जातको मोती पालन गरेको बताउछन।उनि भन्छन –"मोती पालन पोखरीमा गर्न सम्भव छ तर त्यसका लागि धेरै प्राबिधिक पक्षहरु छन् मोती पालन सामान्य तालिम लिएको भरमा सम्भब छैन यो अवसर स्थानीय सरकारले अझै सुरुवात गरेको छैन।" यहाँको मोती पोखरा सम्म पुगेको उनको भनाई रहेको छ।" लुम्बिनी प्रदेशमा यस सम्बन्धी केही प्रयासहरु हुँदै छन तर अहिले त्यो अनुसन्धानमै सिमित छ र त्यस बारे पूर्ण प्रबिधी बिकास हुन अझ केही बर्ष लाग्ने देखिने कृषक जी.सी बताउछन।
बेमौसमी तरकारी खेती र विभिन्न प्रजातिका फलफूलले उनको बारी सधैं हरियो हुने गर्दछ।उनको बारीमा विरुवा पनि छ ।सबै गरेर वार्षिक २०/२५ लाख रुपैयाँ जति कारोबार हुने गरेको र घर खर्च तथा छोरा छोरी लाइ पढाई लेखाईमा सहयोग हुँदा आफूलाई निकैखुशी लाग्ने गरेको बताउँछन् ।
![](https://sworgadwariupdate.com/wp-content/uploads/2023/11/20231004173819_IMG_1040-1024x683.jpg)
कम लगानीको कृषि पर्यटन छोटो समयमै आम्दानीको राम्रो बाटो बनेको उदाहरणहरू प्रशस्त भेटिन्छन्।स्थानीय स्रोतसाधनको पहिचान, उपयोग, परिचालन र बजारीकरण गर्छ।विकासले गति लिएपछि युवाशक्ति बिदेसिनबाट धेरै हदसम्म रोकिन्छ।कृषितर्फ जिल्लाकै नमुना क्षेत्र मानिएको यस प्युठान नगरपालिकाले उत्पादन र व्यवस्थापनसम्बन्धी सीप प्रवर्द्धन गरेर उच्च उत्पादकत्व हासिल गर्ने र बजारको व्यवस्थापन गर्ने हो भने कृषिबाटै ठूलो फड्को मार्ने निश्चित छ ।