समय : ०२:०८ pm | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा किबी लटरम्म

स्वर्गद्वारी अपडेट | कार्तिक १५ गते २०८०

प्युठान।गौमुखी गाउँपालिकाको कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन्।

गौमुखी गाउँपालिकाको रजवारा किबी खेतीका लागि उपयुक्त वातावरण भएकाले कृषक यस पेसातर्फ आकर्षित हुन थालेका छन् । सुरुमा एक पटक लगानी गरेपछि ४०/५० वर्षसम्म उत्पादन दिइरहने भएपछि किसान यो खेतीतर्फ आकर्षित भएका हुन्।गौमुखी गाउँपालिकाको -३ रजवाराका नरेन्द्र मल्ल शिक्षक पेशामा आवद्ध भएतापनि बाकी समय कृषि पेशामा रमाईरहेका छन।करिव १० रोपनी  बढी जमिनमा किबी  खेती गर्दै आएका छन्।

रजवारमा किबी खेतीको राम्रो सम्भावना देखेर यो व्यवसायमा लागेको  कृषक मल्ल बताउछन ।उनले भने - “करिब ३ सय  बोट किबी रहेको छ । २०७५ सालबाट सुरु गरेका हौँ”, उनले भने , “बजारमा किबीको मूल्य र माग दुवै  छ । किबी रोपेर आम्दानी राम्रो भएको छ ।” “बिरुवा हुर्केर आम्दानी दिन ३  वर्ष लाग्ने रहेछ । युट्युब र किताब हेरेरै खेती गर्ने प्रक्रिया सिकेका हौ । सुरुमा २४ ओटा बिरुवा बाट सुरु गरेता पनि हाल भने ३ सय बोट रहेको कृषक मल्लको भनाई छ। किबी खेती सँगसँगै बिरुवा पनि बिक्री गर्ने गरेको उनले बताए । 

“ धेरै जमिन बाँझो भएर बसेको छ । धेरै युवाहरुले वैदेशिक रोजगारी लाई रोज्ने गरेका छन् । हामी गाउँमै आधुनिक खेती गर्नपर्छ भनेर लागीरहेका छौँ । यो खेती गरेपछि बाँदर र बँदेलले पनि दुःख दिएको छैन ।गत साल करिव ३ लाख जतिको  किबी फल र १ लाख ५० हजार जतिको बिरुवा बिक्री गरेको मल्ल बताउछन।

उनको जमिनमा किबी खेती सगै टिमुर ,अलैची,ओखर,स्याउ, एभोकाडो र पाउलेनिया काठ समेत रहेको छ।किबी प्रती किलो चार सय देखी पाचँ सम्म पर्ने हुँदा बजारीकरणको कुनै समस्या नरहेको उनी बताउछन।

किबी समुद्री सतहबाट एक हजार दुई सय मिटरदेखि दुईहजार चार सय मिटर उचाइमा लगाइन्छ।यसलाई सिँचाइको आवश्यक पर्ने भए पनि वर्षामा पानी जम्न भने हुँदैन । किबी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका रोगीका लागि महत्वपूर्ण औषधिका रूपमा लिइन्छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page