नेविसंघ प्यूठानको संगठन विस्तार अभियान तिव्र,आज झिमरुक क्याम्पसमा इकाई कमिटी गठन
स्मृती घर्ती मगर प्यूठान, नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले आफ्नो सङठन विस्तार अभियानलाई तिव्रता दिएको छ । सङठन विस्तार अन्तर्गत आज झिमरुक बहुमुखी क्याम्पस बाग्दुला प्यूठानमा नवीन महत्तराको अध्यक्षतामा २६ सदस्यीय ईकाई कमिटी गठन गरेको जनाएको छ । जस्को सभापतिमा शरद थापा रहनुभएको छ त्यस्तै उप –सभापतिमा करिष्मा केसी,सचिवमा रचना रिमाल सहसचिवमा मनोज थापा र कोषाध्यक्षमा सर्मिला सेढाई लगायत अन्य २६ सदस्यहरु रहनुभएको छ । नेविसंघ प्यूठानका पुर्व सभापति तथा नेपाली काङ्ग्रेसका सचिव एन पि मगरको प्रमुख आतिथ्यता एवं नेविसंघ प्यूठानका सभापति कल्याण विक्रम केसीको विशेष आतिथ्यतामा इकाई कमिटी गठन गरेको हो । ईकाई कमिटी गठन कार्यक्रममा रुकमान रोका क्षेत्री ,पारस भण्डारी ,भुपेन्द्र केसी लगायतको उपस्थिति रहेको थियो।








