समय : ०१:३६ am | बिहिबार , फागुन १३ गते २०८२

देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली : हिमपातको सम्भावना, पानी भने नपर्ने

स्वर्गद्वारी अपडेट | माघ ३ गते २०७९
  स्वर्गद्वारी अपडेट प्यूठान ।  आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । अहिले पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली नै रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज प्रदेश १, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना छ । तर पानी भने पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो । आज काठमाण्डौको मौसम पनि आंशिकदेखि सामान्य बदली हुने अनुमान छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव पर्न थालेकाले मौसम बदलीसँगै हिमपात हुन लागेको हो । तर, पानी पर्ने गरी भने यो प्रणाली सक्रिय नभएको मौसमविद्ले बताएका छन् । यसपालि हिउँदमा अहिलेसम्म वर्षा हुन सकेको छैन । मौसमविद्ले यसअघि नै यसपालि हिउँदमा कम पानी पर्ने र तापक्रम औसत भन्दा बढी हुने पूर्वानुमान गरेका थिए ।

यो पनि पढ्नुहोस्