समय : १२:०१ pm | बुधबार , माघ २ गते २०८१

सन्दीप लामिछाने धरौटीमा रिहा

स्वर्गद्वारी अपडेट | पौष २८ गते २०७९
स्वर्गद्वारी अपडेट ,प्युठान l पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका हुन् । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।गत भदौ २० गते एक किशोरीले बलात्कारको आरोपमा सन्दीपविरुद्ध प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । सन्दीप सोही उजुरीका आधारमा विदेशबाट फर्किने क्रममा विमानस्थलबाटै पक्राउ परेका थिए । सन्दीपका वकिलले पीडित भनिएकी किशोरीको जन्ममितिमा प्रश्न उठाएपछि जिल्ला अदालतले उनी जन्मिएको अस्पतालबाट विवरण मगाएको थियो । पुस २५ गते नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जले जिल्ला अदालतलाई पठाएको विवरणमा ती किशोरीको जन्ममिति २०६१ साल जेठ १८ उल्लेख छ । सन्दीप सोही उजुरीका आधारमा विदेशबाट फर्किने क्रममा विमानस्थलबाटै पक्राउ परेका थिए ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्