समय : ११:५१ am | सोमबार , असार ८ गते २०८३

विश्व कप फुटबल : ब्राजिल र क्रोएसिया क्वाटरफाइनलमा

स्वर्गद्वारी अपडेट | मंसिर २० गते २०७९
स्वर्गद्वारी अपडेट प्युठान,  विश्व कप फुटबलमा दक्षिण कोरियालाई ४–१ गोलले हराउँदै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा दक्षिण कोरियालाई हराएको ब्राजिलले अब क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ । ब्राजिलले ४ गोल नै खेलको पहिलो हाफमा गर्यो । खेलको ७ औँ मिनेटमा भिनिसियस जुनिअर, १३औं मिनेटमा नेयमार, २९औं मिनेटमा रिचार्लीसन र ३६औं मिनेटमा लुकास पाक्वेटाले गोल गरे । नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । दक्षिण कोरियाका स्युङ–हो पाइकले ७६औं मिनेटमा एक गोल फर्काए । गएराति भएको अन्तिम–१६ को खेलमा क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हरायो । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा एक/एक गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा क्रोएसिया ३–१ ले विजयी हुँदै क्वाटरफाइनलमा पुगेको हो ।

यो पनि पढ्नुहोस्