विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै
स्वर्गद्वारी अपडेट प्युठान, फिफा विश्व कप फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज समूह ‘ए’ र समूह ‘बी’ का दुई/दुई खेल हुनेछन् ।
त्यस्तै, आज हुने दोस्रो दुई खेलमा समूह ‘बी’ का इरान र अमेरिका तथा वेल्स र इङ्ल्यान्डबीच खेल हुनेछ । यी खेल राति पौने १ बजे सुरु हुनेछन् । साथै समूह ‘बी’ बाट अन्तिम–१६ मा पुग्ने दुई देशको टुङ्गो लाग्नेछ । विश्व कप फुटबलमा पोर्चुगल, ब्राजिल र फ्रान्स अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।
आज बिहान भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले हरायो । यस्तै गएराति भएको खेलमा ब्राजिलले स्विट्जरल्यान्डलाई १–० गोलले हराउँदै अन्तिम १६ मा पुगेको हो ।







