समय : ०३:५९ pm | मङ्गलबार , फागुन १२ गते २०८२

भोलि अर्थात कार्तिक २२ गते ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने ।

स्वर्गद्वारी अपडेट | कार्तिक २१ गते २०७९

स्वर्गद्वारी अपडेट प्यूठान ।
 भोलि ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । भोलि बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लाग्नेछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बेलुकी ५ बजेर २७ मिनेटमा ग्रहण सुरु हुनेछ । चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले भोलि लाग्ने ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण र ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । चन्द्रग्रहणको ९ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख छ । यसअघि कात्तिक ८ गते औँसीका दिन सूर्यग्रहण लागेको थियो ।

यो पनि पढ्नुहोस्