दाङ- प्युठान सडक खण्ड सिमाना ददेरी देखि बडड़ाडा सम्म सडकहरुको मर्मतको काम थालिएको र मर्मत संगै रंग रोवन गर्ने सडक डिभिजन कार्यालय प्रमुख बिरेन्द्र चन्दले बताए । ‘ यो बेमौसमी बर्षातको कारणले बिग्रिएका सडकहरू ठाउँ - ठाउँमा मर्मत कार्य भइराखेको छ, उनले भने –“जहाँ पहिरो संगै लेदो माटो सहित खसेको ठाउँहरुमा सहज ओहोरदोहोर गर्ने वातावरण बनाउनका लागि हामीले जे सी बी राखेका छौ ’ चन्दले भने ‘हामीले प्युठानका धेरै ठाउँका सडकहरुमा मर्मत कार्य थालेका छौं, मजदुर र स्काभेटरको प्रयोग गरेर सडक मर्मतको तिब्र गतिमा भैरहेको जानकारी गराए ।’
स्थानीय तहहरुले पनि बर्षातको कारणले बिग्रिएका सडकहरु धमाधम मर्मत कार्य गर्दैछ। माण्डबी गाउँपालिकामा -४ फरुन्ड़ेमा पहिरोले पुरिएको बस्तीमा पानि सहजै रुपमा बाटो मर्मत कार्य भईसकेको बताउछन पालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी।उनले भने – “सोहि गाउँपालिको ५० घर धुरी क्षति पुगेको बस्ति धन्चौर सम्म पनि सहजै जान सक्ने उनले बताए” । सबै वडामा वडा अध्यक्षहरुको सकृयतामा सडक मर्मतको काम भैरहेको कालाथोकीले भने ।
प्युठान नगरपालिकाको नगरप्रमुख बिष्णु योगीले ‘बर्षातको कारणले वडाको बिभिन्न ठाउँहरुमा ‘खहरे खोलाहरुले खोलेका ठाउँमा सवारी चल्नै नसक्ने अबस्था थियो , कच्चि सडक भलबाढीले क्षतबिच्छेद बनाएको थियो ’ ति सबै सडक तथा गोरेटो बाटोहरु मर्मत कार्य भईराहेको छ ” ।’यसवर्ष नगरपालिका भित्रका विभिन्न ठाउँका सडकहरूको अवस्था सुधार गर्नुपर्ने भनी नागरिकबाट समेत माग आएकाले सडकलाई तिहार अगाडि नै सहज बनाउने तयारीमा आफूहरू रहेको नगरप्रमुख योगी बताए ।`








