समय : ०९:०० am | मङ्गलबार , फागुन १२ गते २०८२

जिप दुर्घटना हुदा दुई जनाको मृत्यु

स्वर्गद्वारी अपडेट | असाेज १५ गते २०७९
स्वर्गद्वारी अपडेट , सल्यान  शनिबार जिप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान ६:४० बजेतिर सल्यान कुमाख गाउँपालिका ७ जिमाली स्थित भित्री कच्ची सडकखण्डमा डुमकोटबाट शारदा नगरपालिका ११ मा पर्ने खैराबाङ मन्दिरमा दर्शन गर्नको लागी आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप उकालोमा ब्याक गर्ने क्रममा दुर्घटना भएको सल्यान प्रहरीले जानकारी दिएको छ । जिप सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेमा जिपमा सवार कुमाख गाउँपालिका वडा नम्बर ७ डुमकोट बस्ने अन्दाजी बर्ष ३९ का मान बहादुर पुन र सोही ठाउँ बस्ने बर्ष १४ कि एनका पुनको घटनास्थलमा मृत्यु भएको प्रहरीले बताएको छ। दुर्घटनामा घाइतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल सल्यान तर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ । घाईतेहरुको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।  

यो पनि पढ्नुहोस्