समय : ०६:४९ am | शुक्रबार , मंसिर ७ गते २०८१

प्युठानि गायक ऋषि खड्का ले पाए आठौं राप्ती अवाड

स्वर्गद्वारी अपडेट | असाेज ९ गते २०७९
प्यूठान ०७९ असोज ०९, प्युठान को माण्डवी गाउँपालिका ५ रम्दी घर भई हाल काठमाडौं मा बसोबास गदै आएका चर्चित गायक ऋषि खड्का ले आठौं राप्ती अवाड प्राप्त गर्न सफल भएका छन् । बाबा हुम बहादुर खड्का र आमा दला कुमारी खड्का को कोख बाट २०४९–११–१६ का दिन धतीैमा पाइला टेकेका हुन् । सानै उमेरदेखि नै गित संगीत लाई माया गर्ने गित गाउन रूचि राख्दथे ।। प्युठानकै माटोमा जन्मि हुर्की अहिले प्युठानलाई गित संगित को माध्यम बाट संसार भर चिनाउन सफल भएका छन् । प्युठानको चेलो चर्चित गायक तथा संगीतकार को रूपमा प्ररिचित खडका विगत १५ वर्ष देखि संगीतको क्षेत्रमा आवद्ध भइ हालसम्म उनले सर्व उत्कृष्ट गितहरुमा आफ्नो आवज राखेका छन्। २०६८ साल देखि संगीत यात्रा सुरूवात गरेका उनले १७ वर्षको उमेरमा उनले आफ्नो पहिलो गित ’जान्छु प्रदेश धन कमाउन...’ रेकर्ड गरेका थिए । गित रेकर्ड भए तापनि विशेष कारण उक्त गित सार्बजनिक हुन भने सकेन । २०७१ सालमा खड्का ले आफ्नै लय शब्द विष्णु माझी र आफ्नै आवाजमा ’मेरो माया तिमीलाई अर्पण गरेको छु ..’बजारमा लिएपछि सर्वाधिक रूचाइएको थियो । यही गित रेकर्ड गराएसँगै उक्त गितले उनलाई चर्चाको शिखरमा पु¥याएको थियो । दोहोरी गित तर्फ मेरो माया तिमीलाई अर्पण गरेको छु, ए नि बरै,ए निकाले,कुन मन्दिरमा धाउ,स्याबास छ तिमलाई,दाते ओखर, मन परेको भेना,सुन सबैले सुन,ति तिम्रा नजर रसाय, पिपलु लाई जल चढाउ है, हरेक पलमा तिम्रो साथ पाए लगायतका २÷३ सय दोहोरी गीत मा आफ्नो स्वर सँगै शब्द संगीत गरिसकेका छन् । दशैं प्रदेशी गित तर्फ ए प्रदेशी कि निस्टुरी पो छौकी, उकाली चढौला ओरालि झरौला भाग १ देखि ७ सम्म आधुनिक गीत तर्फ ए जिन्दगी,पत्थरको मुटु, माया को भिक, मलाई मारिदिनु’’ कन्चन, भुल्ने बनाईदेउ जस्ता दर्जनौं संगीत गरिसकेका छन् यही महिना काठमाडौँ मा भएको राप्ती अवार्ड मा उनले पत्थरको मुटु बोलको गीत गाएर अवार्ड जितेका हुन्। उनले अहिलेसम्म १२–१३ पटक अवार्ड जितिसकेका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्