समय : ०७:३२ am | मङ्गलबार , फागुन १२ गते २०८२

रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १२ जना घाइते

स्वर्गद्वारी अपडेट | असाेज ६ गते २०७९
स्वर्गद्धारी अपडेट ।  रुकुमपूर्वमा बस दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब ३ बजे भएको दुर्घटनामा परेर चार जनाको मृत्यु भएको हो। साथै दुर्घटनामा परेर १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका पुर्विरुकुमले जनाएको छ । मृतकको सनाखत भइसकेको छैन। घटनास्थलमा प्रहरी पुगिसकेको छ भने घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल रुकुमपूर्व पठाइएको े छ । काठमाडौंबाट रुकुम पूर्वतर्फ जाँदै गरेको धौलागिरी यातायातको ग १ ख ९१०९ नम्बरको बस मध्यपहाडी लोकमार्ग भूमे गाउँपालिका २ थाबाङ बगरमा दुर्घटनामा परेको हो । बस सडकदेखी एक सय मिटर तल खसेको छ ।

यो पनि पढ्नुहोस्