समय : ०७:३३ am | मङ्गलबार , फागुन १२ गते २०८२

काठमाडौंबाट हेटौंडा जाँदै गरेको बस दुर्घटना ७ जनाको मृत्यु १७ जना घाइते

स्वर्गद्वारी अपडेट | असाेज ६ गते २०७९
स्वर्गद्धारी अपडेट । मकवानपुरको भीमफेदीमा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । भिमफेदी गाउँपालिकामा बिहीबार दिउँसो सवा २ बजे भएको दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरकले जानकारी दिएको छ । काठमाडौंबाट हेटौंडाका लागि छुटेको बस स्थानीय १२ घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा परेर १७ जना यात्रु घाइते भएका छन्। प्रहरीका अनुसार बसका चालक फरार छन्। उनी भेटिएपछि थप अनुसन्धान हुन्छ ।  

यो पनि पढ्नुहोस्