बृहत प्यूठान साहित्य महोत्सव अगाडी सर्याे
अनुज पछाई,प्यूठान । साहित्य परिषद् प्यूठानको आयोजनामा हुन लागेको वृहत् प्यूठान साहित्य महोत्सवको मिती परिवर्तन गरिएको छ । साहित्य परिषद प्यूठानको पूर्व निर्णय अनुसार कार्तिक ५,६ र ७ गते महोत्सव गर्ने तयारी रहेतापनि अब असोजको ११,१२ र १३ गते गर्ने गरि मिती अगाडी सरेको साहित्य परिषद प्यूठानका अध्यक्ष नवराज आचार्यले बताएका छन ।
श्रावण २३ गते सोमबार काठमाडौको प्रज्ञा भवनमा सम्पन्न प्यूठानी विशिष्ट साहित्यकार, कलाकार,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि आदिको संयुक्त बैठकको सल्लाह सुझाव तथा श्रावण २५ गते बुधबार बसेको साहित्य परिषद् प्यूठानका प्रतिनिधि सम्मिलित साहित्य परिषद् प्यूठान काठमाण्डौ सम्पर्क समितिको निर्णय अनुसार निकट भविष्यमा हुनलागेको संसदीय निर्वाचनलाई ध्यानमा राखी आगामी असोज ११,१२ र १३ गते गर्ने गरी कार्यतालिका निर्माण गर्न साहित्य परिषद् प्यूठानलाई सिफारिस गरेको सचिव धुर्व गीरीले बताएका छन ।
अब साहित्य परिषद् प्यूठानको तत्काल बैठक बसी आधिकारिकता दिने तयारी रहेको अध्यक्ष आचार्यले बताएका छन ।