समय : १०:५६ pm | सोमबार , फागुन ११ गते २०८२

विप्लव नेतृत्वका नेता मृत फेला

स्वर्गद्वारी अपडेट | श्रावण १९ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता मृत फेला परेका छन् । जिल्लाको बागचौर नगरपालिका १० मोखला नजिकै पार्टीको विशेष कमिटी सदस्य लोकमान केसी (महेन्द्र) बिहीबार बिहान मृत फेला परेका हुन । सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे ठुलीखर्क निवासी केसी मोखलाको जंगल नजिकै घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेर घटनाको अध्ययन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यो पनि पढ्नुहोस्