करेन्ट लागेकी श्रीमतीलाई बचाउन खोज्दा श्रीमान श्रीमतीको मृत्यु
स्वर्गद्धारी अपडेट , प्यूठान ।करेन्ट लागेर श्रीमान श्रीमतिको मृत्यु भएको छ । दाङमा सोमबार दिउँसो राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षिय श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहले जानकारी दिनुभएको छ ।
त्यस्तै बासु गाहा मगरकी भाउजु २७ वर्षीया भिमा गाहा मगर घाइते हुनुभएको छ । घाइतेको प्रस्तावित भालुबाङ अस्पतालमा उपचार पछि डिस्चार्ज भएको प्रहरी निरिक्षक शाहले जानकारी दिनुभएको छ । घर भित्र भाउजूले कपडा सुकाउने क्रममा करेन्टको झड्काले फाले पछि के भएको हो भनी देउरानी हिमाले विद्युतको तार छुँदा करेन्ट लागेको थियो ।
करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान बासुले काँचो लठ्ठीले तारलाई हिर्काउँदा तार चुँडिएर उहाँको शरीरमा परेपछि करेन्ट लाग्दा दुवै जनाको घटना स्थलमा मृत्यु हुन पुगेको राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी ९अनुप० ले जानकारी दिनुभएको छ ।
मृतक बासु र हिमाको शवलाई पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।








