समय : ०५:१६ pm | सोमबार , फागुन ११ गते २०८२

बाँदर धपाउने क्रममा घाइते खनालको मृत्यु

स्वर्गद्वारी अपडेट | श्रावण २ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । अर्घाखाँचीमा बाँदर भगाउने क्रममा लडेर घाइते भएका टंक खनालको मृत्यु भएको छ । असार १९ गते मकै बारीमा आएको बाँदर धपाउने क्रममा छत्रदेव गाउँपालिका–४ का ३९ वर्षीय खनाल गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा गयराती लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको छत्रदेव गाउँपालिका–४ का वडाध्यक्ष भिमलाल खनालले ग्लोबल आवाजलाई जानकारी दिए । लडेर गम्भीर घाइते भएका खनालको टाउकोमा चोट लागेको थियो ।

यो पनि पढ्नुहोस्