करेन्ट लागेर गम्भिर घाइते भण्डारीको मृत्यु
स्वर्गद्धारी अपडेट,प्यूठान । करेन्ट लागेर सल्यानमा एक युवकको निधन भएको छ । करेन्ट लागेर कालिमाटी गाउँपालिका वडा नम्बर २ का २६ वर्षिय बविन भण्डारीको निधन भएको हो ।
सोमबार बिहान घर नजिकै पोलमा विद्युतको तार तान्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका भण्डारीको मृत्यु भएको हो । भण्डारीको शबलाई राप्ती प्रादेशिक अस्पतालको शब गृहमा राखिएको पत्रकार मनोज कुमार आचार्यले जानकारी दिनुभयो ।








