समय : ०३:४५ pm | सोमबार , फागुन ११ गते २०८२

कारले ठक्कर दिंदा २४ बर्षिया युवाको मृत्यु

स्वर्गद्वारी अपडेट | असार २७ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान ।दाङमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं। १० सौडीकुला निवासी अन्दाजी २४ वषीय देवराज चौधरी रहेको प्रहरीले बताएको छ । चौधरीलाई आइतबार राती पौने ९ बजेतिर घोराहीतर्फ जाँदै गरैको बा ०१ व्याज २५ च ७७६४ नम्बरको कारले जलौराचोकमा ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञानमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

यो पनि पढ्नुहोस्