समय : १०:०२ am | बिहिबार , फागुन २८ गते २०८२

 केटासँगै होटल गएकी युवती झुण्डिएको अवस्थामा फेला

स्वर्गद्वारी अपडेट | असार २६ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । बुटवलको गोलपार्कस्थित गोलपार्क लजमा बुटवलकै एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । बुटवल उपमहानगरपालिका–३ स्थित गोलपार्क होटलमा बुटवल पाखापानीकी २१ वर्षीया समीक्षा गुरुङ झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार गएराति ती युवती र एक युवा होटलमा बसेका थिए । युवतीसँगै गएका युवकको अहिलेसम्म पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए । अहिले युवतीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ । युवतीका आफन्त र होटल व्यवसायी इलाका प्रहरी कार्यालय बुटवलमा छलफलका लागि जुटेका छन् ।

यो पनि पढ्नुहोस्