समय : ०२:१८ pm | सोमबार , फागुन ११ गते २०८२

गंगादेब गाउँपालिकाको नाम परिवर्तन नयाँ नाम ‘सुकिदह’

स्वर्गद्वारी अपडेट | असार २५ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । गादेव गाउँपालिकाको नाम ‘सुकिदह’ गाउँपालिका राख्ने निर्णय भएको छ । गत १७ गते सुक्रबार बसेको कार्यपालिकाको बैठकले पालिकाको नाम सुकिदह नै कायम गर्ने निर्णय बहुमतले पारित गरेको हो । १७ गते सुक्रबार बसेको कार्यपालिकाको बैठकमा प्रस्ताब नम्बर ५ मा भएको छलफलले गंगादेव गाउँपालिकाको नाम फेरी ‘सुकिदह’ गाउँपालिका बनाउन गाउँसभामा पेश गर्ने निर्णय पारित भएको थियो । सोहि निर्णयमा दुईजना वडा अध्यक्ष बाहेक सबै कार्यपालिका सदस्यहरुले निर्णयलाई समर्थन गरेका थिए । नाम फेर्ने निर्णयमा असहमति जनाउदै गंगादेव गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष लोकमान वली र वडा नम्वर ६ का वडा अध्यक्ष बिरबहादुर वलीले नोट अफ डिसेन्ट लेखेका हुन् । गंगादेव गाउँपालिकाको नाम परिवर्तन गरि सुकिदह गाउँपालिका बनाउन आगामी गाउँसभामा पेश गर्ने निर्णय भएको छ । गंगादेव गाउँपालिकाको गाउँसभा आगामी ३१ गते हुने भएको छ ।

यो पनि पढ्नुहोस्