समय : १२:३५ pm | सोमबार , फागुन ११ गते २०८२

खेतमा सिंचाई गर्दा लडेर मृत्यु

स्वर्गद्वारी अपडेट | असार २१ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । दाङको देउखुरीमा सिंचाईकालागि खेतमा गएका एक व्यक्तिको लडेर मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी ४१ वर्षिय महेश चौधरी मंगलबार विहान साढे ६ बजेतिर खेतमा सिचाई गर्न गएका बेला लडेका थिए । खेतमा लडेर गम्भीर घाइते भएका चौधरीको उपचारका लागि लमही अस्पताल लगे लगत्तै चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ । मृतक चौधरीको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालको शव गृहमा राखिएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो पनि पढ्नुहोस्