समय : ०६:३८ pm | शनिबार , मंसिर २० गते २०८२

ट्रयाक्टर दुर्घटना, २ जनाको मृत्यु

स्वर्गद्वारी अपडेट | जेठ २१ गते २०७९
स्वर्गद्धारी अपडेट , प्यूठान । ट्रयाक्टर दुर्घटनामा परि रुकुम पूर्वमा हुँदा २ जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्रयाक्टरमा सवार २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा१त १६१६ नम्बरको ट्रयाक्टरमा सवार २ जनाको शुक्रवार साँझ दादीङ रोडमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । मृत्यु हुनेमा सिस्ने–४ दादीङकै १५ वर्षका आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दी बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिए । उनका अनुसार २ जना घाइते भएका छन् । घाइतेकोे रुकुम पूर्व अस्पतालमा उपचार भइरहेको छ । चालकको भने नाम ठेगाना नखुलेको र फरार रहेको प्रहरीले बताएको छ । प्रहरी निरीक्षक खत्रीले भने, ‘ट्रयाक्टर सडकमै हाइड्रोलिक उठेको अवस्थामा छ । सडकदेखि तल पनि खसेको छैन तर २–२ जनाको ज्यान गएको छ । ट्रयाक्टरको पछाडिको भागमा बसेका उनीहरू आत्तिएर हाम फालेको नि हुनसक्छ, झर्ने बेलामा आत्तिएको नि हुनसक्छ ।’ घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए ।

यो पनि पढ्नुहोस्