समय : ०२:५८ am | शुक्रबार , श्रावण १ गते २०८२

सादा जीवन उच्च बिचारका नेता बिस्नु योगी

स्वर्गद्वारी अपडेट | वैशाख १५ गते २०७९
    प्यूठान नगरपालिका प्यूठानका मेयर पदका उमेदबार बिस्नु योगी   अनुज पछाई , प्यूठान । देख्दा सामान्य देखिने , सामान्य गेटअप , हसिलो अनुहार अनि उच्च बौद्धिकता भएका ब्यक्ति बिस्नु योगी । आसन्न स्थानिय तहको निर्बाचन २०७९ सालको प्यूठान नगरपालिकामा लोकतान्त्रिक बाम गठबन्धको तर्फबाट प्यूठान नगरपालिकाका मेयर पदका उमेदबार । प्यूठान नगरपालिका प्यूठानका मेयर पदका उमेदबार बिस्नु योगी को हुन बिस्नु योगी ? बि स २०२० कार्तिक महिनाको १७ गते प्यूठान जिल्लाको दाखाक्वाडीमा जन्मिएका योगी एक सामान्य परिवारका सदस्य हुन । सानैबाट लेख्न पढन अब्बल रहेका योगी बाबु गुरु प्रसाद योगी र आमा कुमारी देबि योगीको कोखबाट जन्मिएका माइलो सन्तान हुन । बिभिन्न दुख कष्ट बेहोर्दै योगीले बिए बिएड सम्म अध्यन गरेका छन । आफुलाई कहिले पनि तडक भडकमा बिस्वास नगर्ने योगी बिद्यार्थी जीवनदेखि नै राजनितिक र सामाजिक क्षेत्रको हरेक क्रियाकलापमा सहभागीता हुदै आएका छन । शिक्षा नै समाज परिवर्तनकोे मुख्य आधार मान्ने योगी सधै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा शिक्षा क्षेत्रमा नै संलंग्न हुदै आएका छन । अझ आफ्नो करिब ३ दशक त उनि शिक्षक नै भएर शिक्षण पेशामा आबद्ध भए । समाज परिवर्तन संगै आर्थिक समृद्धि पनि हुनुपर्छ भन्ने मान्यताको भावना बोक्ने योगी प्यूठान जिल्लमा सहकारी सस्थाको स्थापना तथा ब्यबस्थापन गर्ने र संगाठनीक गर्ने कार्यमा पनि आफनो समय बेतित गरेका छन । योगीको राजनितिक यात्रा ।। प्रचार प्रसार भन्दा बढी काममा बिस्वास गर्ने योगीको समाज परिवर्तन तथा राजनितिक परिवर्तमा ठूलो हात रहेको देख्न पाइन्छ । बिद्यार्थी कालदेखि नै राजनितिकमा लागेका योगी अहिले आसन्न स्थानिय तहको निर्बाचनमा प्यूठान नगरपालिका प्यूठानको मेयर पदमा नेकपा माओबादी केन्द्र प्यूठानको तर्फदेखि उमेबार हुन । महेन्द्र क्याम्पस नेपालगंजमा एउटा बिद्यार्थीको रुपमा रहेका योगीको राजनितिक यात्राको त्यहाबाट नै श्री गणेश भयो । बि स २०३९ सालबाट नै उनको राजनितिक यात्रा सुरु भएको पाइन्छ । तत्कालिन ओरास्ववीयू दसौ केन्द्रिय समितिमा उनि महेन्द्र क्याम्पस कमिटीको अध्यक्ष भए । त्यस्तै २०३९ –४१ सम्म प्यूठान बाके सम्पर्क कमिटीको अध्यक्ष ,२०४२ सालमा नेकपा मशालको राजतन्त्रको बिरोधमा पर्चा वितरण गर्ने कार्यमा पनि उनको ठूलो हात छ तत्कालिन समयमा उक्त कार्य आफैमा जोखिम रहेको थियो । त्यस्तै २०४४ सालमा तत्कालिन अनेरास्वीयूको दसौ केन्द्रिय सििमतिको प्यूठान जिल्ला सम्मेलन सम्पन्न गर्न पनि उनको अग्रणी भुमिका रहेको छ । २०४६ सालमा बहुदलिय व्यबस्था स्थापनाको लागी सक्रियताको साथमा लागेका यागीको उक्त शासन निर्माणमा पनि ठूलो हात रहेको छ । त्यस्तै २०४६ चैत्र २४ गते महेन्द्र क्याम्पस दाङ र घोराहि नगरपालिका भित्र कालो भण्डा प्रदर्शन ,भित्ते लेखन लगायतका काम गर्दै आएका थिए । २०५९ सालमा नेकपा एकता केन्द्र मशालको विभिन्न मोर्चामा सक्रिय भूमिकामा रहेका थिए । निरन्तर योगी बि स २०६४ सालमा नेकपा माओबादी केन्द्रको बिशेष जिल्ला संगठन कमिटीको सदस्य भएका थिए । त्यसैगरि बि स २०७५ सालमा नेपाल कम्युनिष्ट पार्टि (नेकपा )जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर कमिटी सचिव हुदै नेकपा माओबादी केन्द्र र एमाले अलग भए पछि उनि प्यूठान नगरपालिका माओबादी केन्द्रको नगरकमिटी अध्यक्ष भएका थिए ।   के के कार्य गरे त योगीले ? एक बौद्धिक ब्यक्ति योगी करिब २७ बर्ष सामुदायिक र सस्थागत बिद्यालयमा आबद्ध भई अध्यापन पेशाबाट सेवा प्रबाह गरे । शिक्षण पेशा संगै जिल्लाको सहकारी क्षेत्रमा पनि करिब २० बर्ष बेतित गरे । हाल उनि नै जिल्ला सहकारी संघका अध्यक्ष पनि रहेका छन । प्यूठान जिल्लाकै उत्कृष्ट बिद्यालयको रुपमा मानिने सस्थागत बिद्यालय अन्तर्गतको पब्लिक बोर्डिङ स्कुललमा १६ बर्ष प्रेन्सिपलको भूमिका निर्भाह गरे । नव सिद्धार्थ बचत तथा ऋण सहकारी सस्थाको पनि उनि अध्यक्ष हुन । यसको साथै विभिन्न सामाजिक क्षेत्रमा उनको लगाव निरन्तर छ ।   बिस्नुलाई भोट किन ? १.समृद्ध प्यूठान नगरपालिकाको निर्माण गर्न । २. सुशि तथा समुन्नत प्यूठान नगरपालिका निर्माण गर्न । ३. शिक्षा ,स्वास्थ्य, यातायात र रोजगारिको क्षेत्रलाई बिकास र बिस्तार गर्न ४ जेष्ठ नागरिक अपाङता तथा महिला दलित जनजातिको लागी विशेष व्यबस्था गरि स्तर उन्नती गर्न पार्टी र आन्दोलनमा सर्मपणभावले लाग्ने योगी काममा परिणाम दिन सक्ने नेताको रुपमा परिचय बनाएका छन्। शो पीसमा देखिनेभन्दा बढी योजना बनाएर त्यसलाई सफल पार्ने काम रमाउन खोज्ने यागीले ले परिपक्व युवा नेताको रुपमा आफ्नो परिचयलाई बलियो बनाएका छन्। सबैका विचारलाई सुन्ने धैर्यता राख्न सक्ने र सबै किसिमको मनोभावलाई बुझेर योजना बनाउन सक्ने, समन्वयकारी अनि व्यवहारिक पक्षमा जोड दिने नेतृत्वमा हुनुपर्ने विशिष्ट गुण उनमा रहेकाले नै पार्टीले उनीलाई गठबन्धनको साझा उम्मेदवारमा उभ्याएको देखिन्छ। संघर्षले खारिएका एक दरिलो, विश्वासिलो अनि योजना निर्माणमा मास्टर माइण्डको व्यक्तित्वमा रहेका योगी गठबन्धनको वजन पुग्ने बलियो उम्मेदवारको रुपमा उभिएका छन्। सरल स्वभाव र स्पष्ट भिजन भएका बिस्नुले प्यूठान नगरपालिकालाई पनि थप समृद्धिको बाटोमा डाराउने कार्यमा केहि कसुर बाकी राख्ने छैनन भन्ने बिस्वास आमा प्यूठान नगरपालिका बासीको रहेको छ ।

यो पनि पढ्नुहोस्