समय : ०२:३२ am | शुक्रबार , श्रावण १ गते २०८२

माछा मार्न बनाएको बम पड्किँदा ५ जना घाइते

स्वर्गद्वारी अपडेट | वैशाख ५ गते २०७९

  दाङ । माछा मार्न बनाएको बम पड्किँदा लमही नगरपालिका–८ असानि बस्ने २७ वर्षीय आनन्द भण्डारी लगायत ५ जना घाइते भएका छन् ।घटना आइतबार बेलुकी भएको प्रहरीले जनाएको छ । लमही नगरपालिका–८ असानिस्थित राप्ती नदीमा माछा मार्न जाँदा माछामार्न बनाएको बम हातमा नै पड्किएको थियो । बम पड्कँदा घाइते भएपछि उपचारको लागि उनीहरुलाई लमही दाङतर्फ पठाएको थियो । उपचार पश्चात १ जना डिश्चार्ज भएका छन् भने अन्य घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्